रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित

लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरी बन्ने सुनिश्चित भएको छ।

सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो।

सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेश १ बाहेकका बाँकी ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो। दलहरूबीच भएको भागबन्डाअनुसार लुम्बिनीमा एमालेले सरकार बनाउने सहमति भएको छ।

त्यसैगरी मुख्यमन्त्री एमालेको भागमा परेपछि लुम्बिनीको सभामुख माओवादी र उपसभामुख राप्रपाले पाउने भएका छन्।

लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्यमध्ये पहिलो दल बनेको एमालेबाट २९ सांसद छन्। सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रसँग ९ जना सांसद थिए। स्वतन्त्रबाट निर्वाचित सांसद दीपेन्द्र पुन माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीसँग सांसद संख्या १० पुगेको छ।

त्यसैगरी सत्ता गठबन्धनको अर्को ठूलो दल राप्रपा र नागरिक उन्मुक्तिका ४/४ जना र जनमत पार्टीका ३ जना सांसद छन्। यसका साथै ३ जना सांसद रहेको जनता समाजवादी पार्टी सरकारमा सामेल हुने या नहुने अझै टुंगोमा पुगेको छैन।

अन्य दुई जना स्वतन्त्र सांसद समेत नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी एमालेको समर्थनमा निर्वाचित भएकाले उनीहरूको मत समेत पाउने अपेक्षा सत्ता गठबन्धनको छ। तर जनता समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद समेत विपक्षमा बसे पनि एमाले नेतृत्वको गठबन्धनलाई सहज बहुमत पुग्ने देखिएको छ।

लुम्बिनी प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेस २७ सांसदसहित प्रमुख प्रतिपक्षी दलका रूपमा रहने छ भने ऊसँगै लोकतान्त्रिक समाजवादीका ३ तथा नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १/१ गरी ३२ जना सांसद प्रतिपक्षमा रहने छन्।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गत बिहीबार प्रदेश सरकारका लागि आह्वान गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई मुख्यमन्त्रीमा दावी पेस गर्न पुस २७ गते सम्मका लागि समय सीमा तोकेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार