तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

स्काउट विद्यार्थीहरुद्धारा छाडा चौपायालाई भोजन

स्काउट विद्यार्थीहरुले बुटवलका सडकमा भेटिएका छाडा चौपायाहरुलाई भोजन गराएका छन । नवज्योति स्काउट ट्रुप मणिग्राम तिलोत्तमा, इडन स्काउट ट्रुप नहरपुर र नवीन स्काउट ट्रुप देवीनगर ११ बुटवलका स्काउट विद्यार्थीहरुले सडकमा रहेका छाडा चौपायाहरुलाई भोजन गराएका हुन । बुटवलमा छाडा चौपायाको समस्या बढ्दो रहेको अवस्थामा अव्यवस्थित रूपमा बाटोमै बसोबास गर्ने चौपायाहरु मध्ये गाई, गोरु र कुकुरहरूलाई स्काउटका विद्यार्थीहरुले खाना खुवाएका हुन ।
तीन वटा स्कुलका स्काउट ट्रुपहरु मिलेर खेलिएको देउसी भैलो कार्यक्रम २०७९ बाट संकलित रकमले बुटवल बसपार्क, इटा भट्टी लाइन र देवीनगरका विभिन्न चोकहरुमा खाना खुवाएका हुन ।उनिहरुले कुकुरहरूलाई मासु र गाइहरुलाइ पाउरोटी र ब्रेड खुवाएका हुन ।
स्काउटको नियम अनुसार स्काउट विद्यार्थीहरु प्राणी प्रति दयालु हुन्छन भन्ने भावनालाई आत्मसात गर्दै एक असल नागरिक र देशभक्तिको भावना जागरुक गर्ने उद्देश्यले कार्यक्रम गरिएको  स्काउट रोभर मास्टर र स्काउट DMT नवराज खरेल र स्काउट मास्टर र स्काउट DMT बिद्या खडकाले  बताए ।
यस्ले गर्दा विद्यार्थीहरु सानो उमेर देखिनै सामाजिक भावना र नैतिक शिक्षा सिक्ने समुहमा काम गर्ने जस्ता अनुशासन सिक्ने भएकोले यो कार्यक्रमको गरिएको उनीहरुको भनाइ छ ।
उनिहरु भन्छन् –प्राणी जातीहरुको पनि हाम्रो जस्तै परिवारका सदस्य हुने हुनाले सबै मिलेर माया ममता गर्नु पर्छ सबै काम राज्यले मात्रै गर्नुपर्छ भन्ने छैन एक असल नागरिकको हैसियतले नै यो कार्यको सुरुवात गरेका हौं, आगामी दिनमा यस किसिमको कामलाई निरन्तरता दिदै जान्छौं ।


तीन वटा स्काउट ट्रुपहरु मिलेर खेलिएको देउसी भैलो कार्यक्रम २०७९ बाट संकलित रकमले यस अधि देवीनगर ११ बुटवल रुपन्देही स्थित नेपाल अपांग आश्रममा बसोबास गर्ने करिव ५० जनालाई भोजन गराइएको थियो ।
उक्त कार्यक्रममा करिव १५ जना स्काउट सदस्यहरुको उपस्थिति रहेको थियो । प्रतिकुल मौसम भएकोले सबै सदस्यहरु कार्यक्रममा आउन नसकेको खरेलले बताए । आफू बिगत लामो समय देखि खेलकुद र स्काउट जस्ता समाजिक क्षेत्रमा काम गर्न पाउँदा खुशि रहेको भन्दै उनले यस्तो खालको पबित्र कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित