रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

‘सवारी दुर्घटना न्युनिकरणका लागि राज्य स्तरबाट प्रभावकारी काम हुन सकेन

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सडक सुरक्षासम्बन्धी अन्तरकृया कार्यक्रम तथा वार्षिक बैठकले नेपालमा बढदो सवारी दुर्घटना न्युनिकरणका लागि राज्य स्तरबाट प्रभावकारी काम हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेको छ।

कार्यक्रमका सहभागीहरुले नेपालमा रोडसेफ्टी काउन्सीलको गठन गर्ने कार्य राज्यको प्राथमिकतामा नपर्नु नै राज्य दुर्घटना न्युनिकरण प्रति सरकार सम्वेदनशिल हुन नसकेको प्रमाण भएको तर्क गरेका थिए।

नेपालका सरकारी, पेशागत, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सांसदहरु, अभियानकर्मीहरु तथा विज्ञहरुको सहभागिता रहको उक्त अन्तरक्रियमा नासा फाउण्डेशनका डा. पुष्पराज पन्तले “सडक सुरक्षाका लागी राष्ट्रिय र अन्तरराष्ट्रिय परिदृश्यमा स्वास्थ्यको अधिकार र सरकारी दायित्व” विषयमा प्रस्तुतीकरण गरेका थिए भने अन्तरराष्ट्रिय अटोमोबाइल फेडरेसन एफ.आइ.ए. का गोविन्द भट्टराईले “सुरक्षित सडक तथा दीगो यातायात (सेफ रोड एण्ड सस्टेनेबल ट्रान्सपोर्टेशन) मा पेशागत र नागरीक संलग्नता” विषयक कार्यपत्र पेश गरेका थिए।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका अध्यक्ष एवं पुर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य योगेश भटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली, संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, नाडाका उपाध्यक्ष राजन श्रेष्ठ, प्रा.डा. बुलन्द थापा, राष्ट्रिय अपांग महासंघका देबु पराजुली, तथा नेपाल इन्जिनियर्स एशोसिएशनका रविभूषण झा, विश्व स्वास्थ्य संगठनका तर्फबाट सुनील पोख्रेल, इन्टरमोडल ट्रान्सपोर्ट डेभलोप्मेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले सडक दुर्घटना न्यूनीकरणका लागी संचालित कार्यक्रमहरु अपर्याप्त रहेको र समस्याको परिमाण अनुरुप त्यसको सम्बोधनका लागी सरकारी र नेशनल एलायन्स एवम् विज्ञहरुको साझा प्रयास जरुरी रहेको धारणा व्यक्त गरेका थिए। उनीहरुले अभियानलाई प्रदेशस्तरमा विस्तार गर्न सके सडकमा अकाल ज्यान जाने अवस्थाको न्युनिकरण गर्न सकिने बताए।

कार्यक्रमका अध्यक्ष तथा नेशनल एलायन्सका संयोजक योगेश भट्टराईले पेशागत, नारीक समूह एवम् विज्ञहरुबाट आएका सुझावहरु संसद र सरकारको लागी मार्गदर्शन बन्ने भन्दै अन्तरकृयाबाट प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालय र सरकारी निकायमा पु¥याउने बताउँदै अधिकारसम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषदको स्थापन त्यसतर्फको पहिलो खुट्किलो हुनेछ भन्ने विश्वास दिलाए।

कार्यक्रममा पूर्व सांसद डा. दीपक प्रकाश भट्ट, संचारिका समूहका उर्वसी बस्न्यात, हिसानका उपाध्यक्ष रामहरी सिलवाल, नेपाल नेत्रज्योती संघका अध्यक्ष डा. चेतराज पन्त, काठमाडौं मेडिकल कलेजका प्राध्यापक डा. सुनीलकुमार जोशी, सामुदायक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापा, त्रिभुवन विश्वविद्यालयका जनसंख्या अध्ययन विभाग प्रमुख डा. योगेन्द्र गुरुङ र नासा फाउण्डेसनका संयोजक भगबती सेढाईंले आआफना विचार व्यक्त गरेका थिए।

बैठकले प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा ३१ सदस्यीय नेशनल एलायन्स गठन गरेको छ भने सो एलायन्स अन्तरगत डा. रोहित कुमार पोख्रले, इ. रवीभूषण झा, उमेश ढकाल, ऋतु भट्ट, तारालाल श्रेष्ठ, दिनेश पाण्डे, रुजा पोखरेल र गोविन्द भट्टराई रहेको एक कार्य–समूह गठन गर्दै यसको सचिवालय नासा फाउण्डेसन नेपालले गर्ने निर्णय गरेको छ ।

बैठकले नेशनल एलायन्सको कार्यविधि, सदस्यता शुल्क, लक्ष्य तथा उद्देश्यहरु पारित गरेको छ भने बैठकले सडक सुरक्षा ऐनलाई यथाशिघ्र पारित गर्ने व्यवस्था गर्न तथा एक स्वायत्त र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् (नेशनल रोड सेफ्टी काउन्सिल) को गठन गर्नु पर्ने, अटोल्याण्डको व्यवस्था, यात्रुबसको बडीको गुणस्तर निर्धारण गर्नुपर्ने, राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०२३–२०३० यथाशिघ्र जारी गर्नुपर्ने, बिगतमा संसदीय समितिले दिएका सडक सुरक्षा सम्वन्धी प्रतिवेदनहरुको अध्ययन र कार्यान्वयन गर्नुपर्ने जस्ता बिषयहरु सहित सरकारलाई सुझाव दिने निर्णय समेत गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार