३७ तस्वीरमा हेर्नुहोस्– बुटवलमा आत्महत्या विरुद्ध निकालिएको सचेतनामुलक र्‍याली अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने ८ औं रुपन्देही जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता हुने लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय ‘कुहिएको’ मासुबाट विरयानी बनाउने हैदराबादीलाई २२ हजार जरिवाना जेल नै नबसी रिहा भए लुम्बिनी प्रदेश सभा सदस्य केसी १४ बर्षिय किशोरी बेपत्ता भएपछि अभिभावक द्वारा खोजविनमा सहयोग गरिदिन आग्रह टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने पूर्व मुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी यस कारण लुम्बिनी प्रदेशका कांग्रेस सांसद कारागार भए चलान                
समाचार :

रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदैछ । २०६३ देखि निर्माण सुरु गरिएको विमान १६ वर्षपछि निर्माण सम्पन्न भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर विमान गुल्मी प्रस्थान गर्नेछ।

उक्त विमानमा गुल्मी क्षेत्र नम्बर १ का संसद चन्द्र भण्डारी, २ का गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीसहितको टोली गुल्मी आउने छ।

कुल ३३ करोड लगातमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ भने एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ।

डेमो उडानमा २०७५ जेठ २५ मा भएको धुले परीक्षण उडान गराएका तारा एयरलाइन्सका पाइलट सन्तोषकुमार शाहले नै आइतबार विमान उडाउने छन्।

डेमो उडान हुने भएपछि गुल्मीका जनतामा उत्साह बढेको छ। साथै, डेमो उडानका लागि सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

आइतबार हुने डेमो उडानमा अवलोकन गर्नेहरुको चाप हुने भएकाले त्यसको व्यवस्थापनमा चुनौती हुने देखिएको सरोकारवालाहरूको भनाइ छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित