तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

देवसिद्ध खानेपानीको ११ औं साधारणसभा

रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११, देवीनगरस्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भरत पाठक तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रूपन्देहीका प्रमुख गुणानिधि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै पोखरेलले सबै जनतालाई स्वच्छ खानेपानी पुु¥याउने योजनामा डिभिजन कार्यालय रहेको बताए ।

उनले पानीका स्रोतहरु जोगाउन आवश्यक रहेको भन्दै त्यसतर्फ लाग्न सबै समक्ष आग्रह गरे । संस्था अध्यक्ष पाठकले ११ वर्ष अगाडि स्थानीयबासीको पहलमा स्थापना भएको देवसिद्ध खानेपानी संस्था गुुरूयोजना बनाएर अगाडि बढेको बताए ।

सहकारीका सचिव लोकराज शर्माले आगामी आर्थिक वर्षभित्र बुटवल उपमहानगरपालिकाको सहकार्य र सह लगानीमा फोहोर प्रशोधन गर्न नगरपालिकाहरु र खानेपानी संस्थाहरुको सहकार्यमा कम्पोष्ट मल उत्पादन गर्नेतर्फ अगाडि बढिएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष अध्यक्ष रामचन्द्र क्षेत्री, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य धु्रव धिताल, कालिकानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खगप्रसाद पुन, संस्थाका संस्थापक अध्यक्ष भक्तबहादुर कार्की, उपभोक्ता प्रतिनिधि सदस्य दुर्गा थापा मगर, कृष्णप्रसाद पोखरेल लगायतले बोलेका थिए ।

साधारणसभामा कोषाध्यक्ष डम्बर बहादुर थापा, लेखा समिति संयोजक हिमलाल न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

सो अवसरमा ज्येष्ठ उपभोक्तालाई सम्मान, ४ वटा टोल विकास क्षेत्रबाट स्वच्छ घरलाई प्रशंसापत्र, असल कर्मचारी पञ्चमान कामीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित