बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

साँढेलाई ट्रकमा बाँधेर घिसार्दै रक्ताम्य नबनाएको सिद्धार्थ नगरपालिकाको दावी

बुटवल । छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु ग¥र्यो ।
नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापन सुरु गरेको थियो । नगरपालिकाको कार्यालयले एकत्रित गरेका छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने योजना स्वरुप छाडा चौपाय व्यवस्थापन सुरु गरेपनि छाडा चौपायको नियन्त्रणलाई लिएर सिद्धार्थनगर नगरपालिकाको चौतर्फी विरोध भयो ।
तर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गोरु (साँढे)लाई ट्रकमा बाँधेर घिसारेको भन्दै बाहिरिएको फोटोमा कुनै सत्यता नभएको बताएको छ । बुधबार साँझ नगरपालिकाले लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर सिद्धार्थनगर नगरपालिकाका कर्मचारी र नगर प्रहरीले साँढेलाई घिसारेको भन्दै फोटो सामाजिक संजालमा भाइरल भएको थियो । नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी साँढेले चारपाँच जनालाई हानेर घाइते गराएको र यसलाई व्यवस्थापन गरी गौशालामा लैजाने क्रममा अतिरञ्जीत गराइएको नगरप्रमुख इश्तियाक अहमत खानले बताए ।
नगरपालिकाले सिसी टिभी फुटेजसमेत संकलन गरेर बाहिर आएजस्तो वास्तविकता नभएको दावी गरेको छ । उक्त साँढे अहिले यही भैरहवामा रहेको र उसलाई कुनै चोटपकट समेत नलागेको नगरपालिकाले बताएको छ । फोटोमा देखिएको रगतजस्तो वस्तु रातमा समयको ट्रकको ब्याग लाइटको रातो भएको नगरको दावी छ । पालिकाले उक्त साँढेलाई गौशाला लैजान निकै समस्या भएपछि ट्रकमा बाँधेर डोर्याएको तर अलिकती हिँडेपछि बसेको र बसेका बेला फोटो खिचेर धार्मि शहिष्णुता खलबल्याउने प्रयास भएको जनाएको छ । पालिकाले राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रको सहयोग र केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा साँढेलाई गौशालामा लग्न लागिएको बताएको छ । पत्रकार सम्मेलनमा गौं संरक्षण केन्द्रका अध्यक्ष भूपराज भूर्तेलले हिजोको घटनामा नगरपालिकाको गल्ती नभएको यसलाई अतिरञ्जित गराइएको बताए । उपप्रमख उमा अधिकारीले पनि बाहिर आएको जस्तो साँढेलाई नघिसारिएको दावी गरिन ।
सामाजिक संजालमा देखिएको फोटोमा साँढे पल्टिएको र ट्रकमा बाँधेर घिसारे जस्तो देखिन्छ । तर, मानिसले डोर्याउन नसकेपछि ट्रकमा बाँधेर विस्तारै हिडाइएको र एक्कासी साँढे बसेपछि ट्रक रोकेर फेरि उठाइएको नगरपालिकाले जनाएको । नगरपालिकाले सामाजिक द्वेष फैलाउने कुनै कसिमको कार्य नगर्न आग्रह गरेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित