अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग                
समाचार :

भूमिहीनलाई लालपुर्जा बाँड्दै तिलोत्तमा

तिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गरिएको छ ।
तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बिच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १० घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लाल पुर्जा बाड्दै नगर प्रमुख राम कृष्ण खाणले नगरपालिको गाउँब्लकमा रहेका भूमिवीहिनलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा ९लालपुर्जा० वितरण गरे ।
नगरपालिका वडा नंम्बर १५ र १७ को गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गर्दै खाणले आगामी दुई वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिने गरी काम अगाडि बढाइएको जानकारी गराए ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु भएको भन्दै दुई बर्षमा तिलोत्तमा भित्रका रहेका सबै गाउँब्लकमा भूमिवीहिनलाई लालपुर्जा वितरण गरिने नगर प्रमुख खाणले बताए ।
यसै अबसरमा नगर उप प्रमुख जागेश्वर देवि चौधरीले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।
।जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जावीहिन बनिरहेकाको लागि धन्नै ५५ बर्षमा लालपुजा वितरण गरिएको वडा नं १७ का वडा अध्यक्ष दान बहादुर चौधरीले बताए ।
धेरै बर्ष पछि नागरिकहरुलाई खुसि दिन सकिएको वडा अध्यक्ष चौधरीले बताए।
नापि कार्यालय भैरहवाका कार्यालय प्रमुख सुक्रिम यादवले स्थानियतहले क्रमिक रुपमा काम गर्ने वातावरण बनाईदिएमा दुई ढाईबर्षमा रुपन्देही मा रहेका सबै गाउँब्लकका सुकुम्बासीलाई जग्गा लाल पुर्जा दिन आफु सक्रिय भएर लाग्ने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित