रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

भूमिहीनलाई लालपुर्जा बाँड्दै तिलोत्तमा

तिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गरिएको छ ।
तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बिच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १० घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लाल पुर्जा बाड्दै नगर प्रमुख राम कृष्ण खाणले नगरपालिको गाउँब्लकमा रहेका भूमिवीहिनलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा ९लालपुर्जा० वितरण गरे ।
नगरपालिका वडा नंम्बर १५ र १७ को गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गर्दै खाणले आगामी दुई वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिने गरी काम अगाडि बढाइएको जानकारी गराए ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु भएको भन्दै दुई बर्षमा तिलोत्तमा भित्रका रहेका सबै गाउँब्लकमा भूमिवीहिनलाई लालपुर्जा वितरण गरिने नगर प्रमुख खाणले बताए ।
यसै अबसरमा नगर उप प्रमुख जागेश्वर देवि चौधरीले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।
।जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जावीहिन बनिरहेकाको लागि धन्नै ५५ बर्षमा लालपुजा वितरण गरिएको वडा नं १७ का वडा अध्यक्ष दान बहादुर चौधरीले बताए ।
धेरै बर्ष पछि नागरिकहरुलाई खुसि दिन सकिएको वडा अध्यक्ष चौधरीले बताए।
नापि कार्यालय भैरहवाका कार्यालय प्रमुख सुक्रिम यादवले स्थानियतहले क्रमिक रुपमा काम गर्ने वातावरण बनाईदिएमा दुई ढाईबर्षमा रुपन्देही मा रहेका सबै गाउँब्लकका सुकुम्बासीलाई जग्गा लाल पुर्जा दिन आफु सक्रिय भएर लाग्ने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार