भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

बुटवलको कालिका पथमा खुल्यो गजल साँझसहितको ‘मोन्टोना रेष्टुरेन्ट एण्ड बार’

बुटवल । होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा  मोन्टोना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै रेषटुरेन्ट सञ्चालनमा आएको सञ्चालक राजेश श्रीपालीले जानकारी दिए ।

‘फिल द वेस्ट भाइव्स इन टाउन’ नारालाई आत्मासाथ गर्दै लाइभ म्युजिक, विशेष गजल साँझ, अनप्लग म्युजिक तथा ठूलो पालइडी स्क्रिनका साथ होटल सञ्चालनमा आएको हो । ४ जना युवाहरुको कुल १ करोड ५० लाखको लागतमा सञ्चालन गरिएको रेष्टुरेन्ट एण्ड बार शुभारम्भको अवसरमा यही पोष २२ गतेदेखि विभिन्न कलाकारहरुको प्रस्तुती रहने सञ्चालक प्रकाश भट्टराईले जानकारी दिए ।

मोन्टाना शुभारम्भको अवसरमा पोष २२ गतेदेखि तीन दिने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सञ्चालक गिता महतले बताइन् । कार्यक्रममा चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका टिका पुनको सांगीतिक प्रस्तुती रहने सञ्चालक राजेश भट्टराईले बताए । होटल शुभारम्भ बारे जानकारी गराउन विहिबार आयोजित पत्रकार।सम्मेलनमा बोल्दै गायक राजु परियाले रेष्टुरेन्ट सञ्चालनको सञ्चालनसँगै ग्राहकले नयाँ स्वादको अनुभव प्राप्त गर्ने अवसर पाएको बताए ।

पौष २३ गते आधुनिक पप गायिका शुबानी मोक्तान तथा २४ गते गायक कमल खत्रीको प्रस्तुती रहने र निशुल्क प्रवेशको व्यवस्था गरिएको सञ्चालक विकास ज्ञवालीले बताए । कारयक्रमलाई टुबोर्ग बियर, क्यु एफ एक्स सिनेमा तथा जंग प्रोडक्सनले सपोर्ट गरेको आयोजकले जनाएको छ । रेष्टुरेन्टमा करिब २ दर्जनले रोजगार प्राप्त गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित