संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

जब नगरपालिकाले साँढेलाई घिसार्दै लग्यो…

छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु ग¥र्यो ।
नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापन सुरु गरेको थियो । नगरपालिकाको कार्यालयले एकत्रित गरेका छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने योजना स्वरुप छाडा चौपाय व्यवस्थापन सुरु गरेपनि छाडा चौपायको नियन्त्रणलाई लिएर सिद्धार्थनगर नगरपालिकाको चौतर्फी विरोध भएको छ ।
४ पुस देखि छाडा चौपाय व्यवस्थापन सुरु गरेको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रण गर्न भन्दै गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको हो । बुधबार राती मात्र नियन्त्रणमा ल्याउन छाडा चौपायलाई सडकमै घिसारिरहेका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेका छन् । डोरीले चौपायहरुलाई बाधेर गाडिले घिसार्दै लगिएका तस्वीरहरु सार्वजनिक भए संगै नगरपालिकाको विरोध भएको हो ।
सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ ।
छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
भैरहवाका सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले नगरपालिकाले पशुचौपायामाथि निर्मम यातना दिएको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाउने समेत बताए । त्यसैगरी भैरहवाका समाजदेवी भरत पोखरेलले पनि छाडा पशुचौपाया नियन्त्रण गर्नुपर्ने भए पनि नियन्त्रणको तरिका गलत भएको बताए ।
नगरपालिकाले हाल बर्दघाटमा छाडा चौपाय पालन पोषणका लागि पठाउने गरेपनि सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ११ स्थित नगरपालिकाको स्वामीत्मा रहेको जग्गामा कान्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गरिने बताईन ।
केही नगरवासीले गाई गोरु दिउँसो गोठमा राखेर साँझ छाड्ने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न उनले आग्रह गरिन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार