तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनायाे रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु                
समाचार :

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज

बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी बिहीबार छ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो। सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको पक्षमा पछिल्लो समय क्रिकेटरहरू बोल्न थालेका छन्।

उनलाई न्याय चाहियो भन्दै शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित