युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

पाँच महिनादेखि कुवेतको अस्पतालमा अलपत्र प्युठानकी महिलाको उद्दारका लागि आग्रह

प्युठान जिल्ला झिमरुक गाउँपालिका ५ ओखरकोट/बिसरे घर भई विगत ४ वर्षदेखि घरेलु कामदारको रुपमा कुवेतमा रहेकी वर्ष ४७ की तुलसा जीसी तुलसा जीसी (पासपोर्ट नं. ०५८९९४१९) अहिले त्यहाँको अस्पतालमै अलपत्र छिन् ।

ब्रेन ह्यामरेज वा अन्य दुर्घटनाका कारण अलपत्र अवस्थामा विगत ५ महिना अघिदेखि कुवेतको अदान हस्पिटल पीआइसीयू ३२ नं. बेडमा अचेत अवस्थामा रहेपनि घरमा ल्याउन नसकेको उनका आफन्त प्रदीप जीसीले बताए ।

‘उहाँलाई के भएको हो ? कसले अस्पताल भर्ना गर्यो ? कहिलेसम्म राख्ने हो कुनै जानकारी छैन, त्यहाँ उनको आफ्नो मान्छे कोही छैन’, उनले भने, ‘श्रीमान् र छोराछोरीलाई लालनपालन र शिक्षादीक्षासँगै अनेक सपनाहरू बुनेर विदेशिएकी एक पीडित नारीको यस्तो गम्भीर र दयनीय अवस्था देख्दा सुन्दा मन साह्रै विक्षिप्त भएको छ तर कसरी यहाँ ल्याउने सबैलाई चिन्ता थपिएको छ ।’

जिसी भन्छन्, ‘घरमा छोराछोरीको रोदन र चित्कारले मन भक्कानिन्छ, नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कुवेतका लागि नेपाली राजदूतावास सबैलाई गुहार मागिएको छ, अनेक प्रयास गर्दा पनि कहीँ कतै कसैबाट उहाँलाई नेपाल ल्याउन सहयोग मिलेन ।’

महिलाको परिवारले सहयोगका लागि परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, वैदेशिक रोजगार विभाग, कुवेतमा रहने नेपाली दाजुभाइ दिदी बहिनीहरू, एनआरएनएका प्रतिनिधि, कुवेतका लागि नेपाली दुतावास, गृहमन्त्रालय, सबैलाई अनुरोध गरेको जनाएको छ । जसरी पनि कुवेतको अस्पतालमा अलपत्र अवस्थामा रहेकी ती महिलाको उद्दार गरिदिन परिवार तथा छिमेकीको अनुरोध गरेको प्रदीपले जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित