रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवल उपमहानगरपालिकाको नगरसभा आज

बुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभा आज हुँदैछ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले आज बिहीबार नगर सभाको १२औं अधिवेशन डाक्ने निर्णय गरेको हो ।
कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२ औं अधिवेशनको बैठक आज दिउसो ३ बजे नगर कार्यपालिकाको सभाहलमा शुरु हुनेछ ।
बैठकले राष्ट्रिय योजना आयोगबाट प्राप्त हुने विशेष अनुदान र समपूरक अनुदानका लागि प्रस्ताव पठाउने निर्णय गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।
उनका अनुसार समपूरक अनुदानतर्फ ५२ वटा स्थानमा हाइ मास्ट लाईटका लागि ९ करोड, शहरी सडकको स्तरोन्नतिका लागि १६ करोड रुपैयाँका लागि प्रस्ताव पठाउने निर्णय भएको छ । यस्तै विशेष अनुदानतर्फ बुटवल उपमहानगरपालिकाले विद्यालयहरुको भवन निर्माण, छात्रबास निर्माणका लागि प्रस्ताव पठाएको प्रवक्ता रानाले बताए ।
जसअनुसार सरस्वती आधारभूत विद्यालय बुटवल ११, सूर्योदय आधारभूत विद्यालय बुटवल ११, प्रगति माध्यमिक विद्यालय बुटवल ११, सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटवल ७, नवीन औद्योगिक माध्यमिक विद्यालय बुटवल ११ र नहरपूर माध्यमिक विद्यालय बुटवल ११ रहेका छन् ।
यी विद्यालयका भवन निर्माण, छात्रबास निर्माण र पर्खाल निर्माणका लागि १ करोडदेखि २ करोडसम्मको प्रस्ताव पठाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । यस्तै ज्योतिनगर पहिरो नियन्त्रणका लागि ५ करोड रुपैयाँ प्रस्ताव गरी पठाउने निर्णय बैठकले गरेको छ । यस्तैगरी बैठकले श्रम बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ टेबुल गरेको छ ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार