बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरेपछि…

गत पुस ९ गते सैनामैनामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको घटनामा घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरी फरार भएका अभियुक्त पक्राउ परेका छन् ।

तौलिहवाका ईम्तियाज अहमद रंगरेजको मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चन गाउँपालिका-२ गोफ्लापुर बस्ने २४ वर्षीया सागर बुढाथोकीलाई सालझण्डी प्रहरी रुपन्देहीले पक्राउ गरेको हो । बुढाथोकीबाट लु २० प ७०४४ नं को मोटरसाइकलसमेत बरामद गरिएको छ ।

बुढाथोकीले पुस १६ गते राति सैनामैना नगरपालिका -७ आमी बजारका टेकबहादुर छन्त्यालको पसलबाट सामसुङ मोबाइल, २ हजार २०० नगद र टेकबहादुर छन्त्यालकै नामको मतदाता परिचयपत्रको सक्कलप्रति पनि चोरी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अभियुक्त बुढाथोकीलाई चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थपेर अनुसन्धान भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित