विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

आजको मौसम : हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रही तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश १ को हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच, आइतबारदेखि तराई भू-भागमा, मुख्यतया मध्य तराईमा, दिनभर हुस्सु÷कुहिरो लागेको छ । भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । उक्त स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको विभागले जनाएको छ ।

तराईका धेरै भूभागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको छ । उक्त क्षेत्रहरूमा मध्यनजर गर्दा हाल नेपालको तराई भूभाग विशेषतः नेपालगन्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको छ ।

यो शीतलहर अझै केही दिनसम्म कायम रहने सम्भावना भएको भन्दै विभाग भन्छ, “तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुनसक्ने सम्भावना रहेको देखिन्छ ।”

नेपालगन्ज भन्दा पश्चिममा र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढ्न गई बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिन्छ । त्यसैले अबका केही दिन चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित