तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाल नियुक्त

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाल नियुक्त भएका छन् ।
मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाणगंगा नगरपालिका वडा नम्बर ८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन् ।
विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ । मंसिर २९ गते कूलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजनामा यो योजना प्रमुखताका साथ राखिएको छ । विश्वविद्यालय सञ्चालनका लागि साउन १६ गते उपकूलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाएको छ । बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित