मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

प्रदर्शनी आइडल सिजन-६ की विजेता बनिन रुपा रौतार

बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी को अवसरमा आयोजित प्रर्दशनी आईडलको उपाधी रुपा रौतारले जितेकी छन् ।
३३ जना प्रतिस्पर्धीलाई पछि पार्दे प्रदर्शनी आइडल २०७९ – सिजन ६ का उपाधी रुपा रौतारले चुमेकी हुन । उपाधी बिजेता रुपा रौताले नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् ।
आइडलको दोस्रो उपाधी अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । द्वितीय उपाधीको पुरस्कार रु.५५ हजार ५ सय ५५ रहेको छ भने एन्जिला क्षेत्री खत्रीले रु. ३३ हजार ३ सय ३३ पुरस्कार रहेको तेस्रो उपाधी प्राप्त गरेकी छन् ।
प्रदर्शनी आइडल–२०७९ (सिजन ६) को फाइनल कार्यक्रममा नेपालका चर्चित स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत आइतवार ¥यापर बाबु बिलिभर, ¥यापर ओफिम, गायिका हरिमाया रायमाझी, आधुनिक गायक रामहरि प्रेमी, लोक तथा दोहोरी गायक भरत क्षेत्री, नारायण बि.पि.,गायक तथा उद्घोषक दिपु मगर, डान्सर बबिता बोहोरा, प्रस्तुति रहेको थियो ।
कार्यक्रममा प्रदर्शनी मूल आयोजक समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, प्रदर्शनी आइडल प्रायोजक एभरेष्ट होटल इनका संचालक बालाराम भट्टराई, प्रदर्शनी आइडलका संयोजक तिलक नेपाली लगायतले पुरस्कार प्रदान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित