तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमामा छाडा कुकुरको स्थायी बन्ध्याकरण

बुटवल । तिलोत्तामाका गाउँ तथा बिशेष बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिका पशु शाखाले सो को नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि नगरपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको छ । उक्त नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ८० बढी भाले कुकुरलाई भ्यासेक्टोमी र अन्य पोथी कुकुरलाई मिनिल्याप गराएको छ। नगरपालिकाको मंगलापुर स्थित रामजानकी मन्दिर साईडमा रहेको सम्झना युवा परिवारको प्राङ्गणमा रहेको सभाहलमा कुकुरहरु राखेर सोही स्थानमा कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो।


छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयका प्रमुख राजु कुँवर मगरले जानकारी दिए ।
नगरपालिकाभित्रको मुख्य बजार क्षेत्रका ८० बढी छाडा कुकुरलाई १ दिन अघि देखि नियन्त्रणमा लिएर सम्पुर्ण सुबिधा सहित सुरक्षितसाथ बन्ध्याकरण गरिएको उक्त नगरपालिकाले जनाएको छ । यो अभियानमा युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर र स्थानीयवासीको उल्लेखनीय सहयोग हुनाका साथै उनीहरूमा खुशी छाएकाले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित