सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण                
समाचार :

तिलोत्तमामा छाडा कुकुरको स्थायी बन्ध्याकरण

बुटवल । तिलोत्तामाका गाउँ तथा बिशेष बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिका पशु शाखाले सो को नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि नगरपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको छ । उक्त नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ८० बढी भाले कुकुरलाई भ्यासेक्टोमी र अन्य पोथी कुकुरलाई मिनिल्याप गराएको छ। नगरपालिकाको मंगलापुर स्थित रामजानकी मन्दिर साईडमा रहेको सम्झना युवा परिवारको प्राङ्गणमा रहेको सभाहलमा कुकुरहरु राखेर सोही स्थानमा कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो।


छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयका प्रमुख राजु कुँवर मगरले जानकारी दिए ।
नगरपालिकाभित्रको मुख्य बजार क्षेत्रका ८० बढी छाडा कुकुरलाई १ दिन अघि देखि नियन्त्रणमा लिएर सम्पुर्ण सुबिधा सहित सुरक्षितसाथ बन्ध्याकरण गरिएको उक्त नगरपालिकाले जनाएको छ । यो अभियानमा युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर र स्थानीयवासीको उल्लेखनीय सहयोग हुनाका साथै उनीहरूमा खुशी छाएकाले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार