मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा ‘अस्थायी सभामुख’ बने एमालेका डिल्लीराज भुसाल

रुपन्देही । लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि सभाको अध्यक्षता ज्येष्ठ सदस्यताका आधारमा सांसद डिल्लीराज भुसालले गर्ने भएका छन् ।

नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नं २ को १ बाट निर्वाचित भुसालले प्रदेशसभा सदस्यहरुमध्ये जेष्ठ सदस्यको हैसियतमा प्रदेशसभा बैठकको अध्यक्षता गर्ने भएका हुन् ।

प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएसंगै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भुसाललाई निर्वाचन आयोगले दिएको जेष्ठ सदस्यको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नेपालको संविधान धारा १८२ को उपधारा ५ ले प्रदेश सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि प्रदेशसभामा निर्वाचित जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरे बमोजिम भुसालले अध्यक्षता गर्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

लुम्बिनी प्रदेशसभाको आगामी बैठक पुस १८ गते सोमबार दिउसो बस्नेगरी तय भएको समेत सचिव पुनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित