इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

लुम्बिनीमा ‘अस्थायी सभामुख’ बने एमालेका डिल्लीराज भुसाल

रुपन्देही । लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि सभाको अध्यक्षता ज्येष्ठ सदस्यताका आधारमा सांसद डिल्लीराज भुसालले गर्ने भएका छन् ।

नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नं २ को १ बाट निर्वाचित भुसालले प्रदेशसभा सदस्यहरुमध्ये जेष्ठ सदस्यको हैसियतमा प्रदेशसभा बैठकको अध्यक्षता गर्ने भएका हुन् ।

प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएसंगै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भुसाललाई निर्वाचन आयोगले दिएको जेष्ठ सदस्यको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नेपालको संविधान धारा १८२ को उपधारा ५ ले प्रदेश सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि प्रदेशसभामा निर्वाचित जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरे बमोजिम भुसालले अध्यक्षता गर्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

लुम्बिनी प्रदेशसभाको आगामी बैठक पुस १८ गते सोमबार दिउसो बस्नेगरी तय भएको समेत सचिव पुनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार