आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

लुम्बिनीका सांसदले लिए शपथ (तस्बिरहरू)

रुपन्देही । लुम्बिनी प्रदेशसभाका ८७ सांसदले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूको शपथ गराइएको हो ।

शपथ ग्रहण समारोहमा लुम्बीनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वसभामुख पूर्णबहादुर घर्ती सहभागी थिए ।

प्रदेशसभाका कुल ८७ सांसदमध्ये ९ जनाले मातृभाषा र अन्यले नेपाली भाषामा शपथ लिएका छन् ।

यस प्रदेशसमा १० वटा राजनीतिक दलको सहभागिता छ । एमाले २९, कांग्रेस २७, माओवादी ९, राप्रपा, नागरिक उन्मुक्ति, जनमतका ४-४, लोसपा, जसपाका ३-३ तथा नेकपा एस र जनमोर्चाबाट १-१ सांसद छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित