बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

बुटवल सरसफाई तथा वतावरण सहकारीको साधारणसभा

बुटवल । बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड बुटवल ७ को तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीको अभियानलाई नगरपालिकाका पूर्ण साथ रहेको भन्दै फोहोर प्रशोधन केन्द्र बनाइने बताए ।
त्यसको लागि वडाबासीहरु सबैकौ ऐकबद्धता हुनुपर्नेमा जोड दिए । सहकारीले बुटवल ७ र ८ को फोहोर संकलन र व्यवस्थापनको काम गरेको छ । बुटवल उपमहानगरपालिका, शिवनगर सामुदायिक बन र सहकारीको समन्वयनमा फोहोर व्यवस्थापनको दिगो परियोजना अघि बढ्न थालेको हो ।

 


सहकारी संस्थाका अध्यक्ष अध्यक्ष कृष्णबहादुर कार्कीले नमूना फोहोर प्रशोधन केन्द्र बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको बताए । त्यति मात्र हैन, फोहोर व्यवस्थापनको कार्यलाई कृषि उत्पादन, व्यवस्थापन र प्रवद्र्धनसँग जोड्दै जाने कार्कीको भनाइ छ । घरमा संकलित फोहोर व्यवस्थापन भएपछि वडाबासी समेत अहिले खुसी छन् ।
सहकारीमा १ हजार ६७ शेयर सदस्य आबद्ध भइसकेका छन् । खेर गइरहेको फोहोराबाट कम्पोष्टमला सहित क्रमस बैकल्पिक उर्जा उत्पादन गरी विक्री वितरण जाने र नर्सरी निर्माण तथा व्यवस्थापन मार्फत हरियाली प्रवद्र्धन गर्ने योजना रहेको संस्थाका सचिव गेहेन्द्रराज न्यौपानेले जानकारी दिए ।
पूर्व नगर प्रमुख शिवराज सुवेदीले योजनालाई सफल बनाउनुपर्ने बताए । कुनै बेला समयमा फोहोर व्यवस्थापन नहुँदा प्रदूषित बनेको वडा अहिले सफा र सुग्घर बनेका छन । घर–दैलोबाट सिधै गाडीमा फोहोर फाल्न पाएपछि स्थानीयले प्लाष्टिकजन्य फोहोर जलाउन समेत छाडेका छन् । कार्यक्रममा नगर उपप्रमुख सावित्रादेवी अर्याल, सहकारीका उपाध्यक्ष ठानेश्वर बस्याल लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित