रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सैनामैनामा व्यापार संघको आयोजनामा फागुन पहिलो साता महोत्सव हुने

सैनामैना। बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ ।
आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सव–२०७९ सञ्चालन गरिने छ । व्यापार संघले शनिबार मुर्गियामा कार्यशाला गोष्ठीको आयोजना गर्दै महोत्वको कार्ययोजना पेश गरेको छ ।
शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारका क्षेत्रमा तयार पारिएका आधारशीलाको कार्यान्वयन गर्दै समृद्ध सैनामैना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यले संघ केन्द्रित रहेको संघका काबा अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी गराए ।
सार्वजनिक निजी साझेदारीमा “समृद्ध सैनामैना, खुसी र सुखी सैनामैना बासी”को लक्ष्य साकार पार्न सकिने सोंचका साथ सोही अनुरुपका कार्यक्रम तयार पारिएको पौडेलको भनाइ छ । सैनामैना महोत्सवको विस्तृत कार्ययोजना प्रस्तुत गर्दै संयोजक पौडेलले सबै क्षेत्रको सहयोग र सहकार्यको अपेक्षा रहेको बताए ।
सैनामैनाको भौगोलिक,सामाजिक, आर्थिक, तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सन्तुलित र समन्यायीक विकासमामहत्वपूर्ण सफलता हासिल गरेसंगै सैनामैनाको मुहार विस्तारै फेरिदै गएको र त्यसलाई विस्तार गर्न महोत्सव एउटा माध्यम हुने सैनामैना व्यापार संघको दाबी छ ।
‘सैनामैनामा हुदैँ गरेको विकासको लहरलाई अगाडि बढाँउदै सुसंस्कृत र समृद्ध सैनामैनाको लक्ष्य साकार पार्नका लागि सार्वजनिक–निजी साझेदारीका कार्यक्रम जरुरी छ’ संघका पूर्व अध्यक्ष जीवनाथ पाण्डेले सैनामैनामा रहेका कृषि, पर्यटन, उद्योग, व्यापार र विविधिकरणका सम्भावनालाई साकार पार्न निजी क्षेत्रका बीचमा आपसी एकताको खाँचो रहेको बताए ।
सहकार्यका लागि नगरपालिका तयार छ ः मेयर
सैनामैनाका मेयर फणेन्द्रप्रसाद शर्माले महोत्सवको सफलताको कामना गर्दै समन्वय, सहकार्य र सहजीकरण गर्न तयार रहेको बताए । उनले मेलाको सफलताको कामना गर्दै मेला महोत्सवमा स्थानीय उत्पादन, कला, संस्कृति र सभ्यतालाई महत्व दिन सुझाव दिए । ‘हाम्रो कला, सस्कृति र परम्पराको प्रदर्शन गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न स्थानिय मेलाले ध्यान दिन जरुरी छ,मेयर शर्माले भने–नेपाली मौलिक परम्परालाई नयाँ पुस्ताका लागि चासो दिने बनाउन जरुरी छ ।’ नगरको पहिचान विस्तार र समृद्धिको अभियानमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रमुख शर्माले सोही अनुरुप आफुहरु सहकार्य गर्न तयार रहेकोमा जोड दिए ।
उपभोक्ताको हितमा ध्यान दिनुः उपप्रमुख
सैनामैना नगरपालिकाका उपप्रमुख बीना रानाले महिला उद्यमशीलताको विकास र प्रवद्र्धन हुनेगरी कार्यक्रम बनाउन आग्रह गरिन । उनले महिला मार्फत सञ्चालित विभिन्न प्रतिष्ठानहरु यसक्षेत्रमै अब्बल रहेको र समाज सुधारमा पनि विशेष नेतृत्वदायी भूमिका रहेको बताउँदै महत्वपूर्ण स्थान दिनुपर्ने बताइन । मेला महोत्सवमा उपभोक्ताको हित र स्वास्थ्यलाई ख्याल गर्न जरुरी रहेकोमा जोड दिइन । मेलामा गुणस्तरीय खाध्य पदार्थ र अन्य बस्तुहरुको समेत उपभोक्ताको हितमा हुनुपर्ने उनको भनाइ छ ।
महोत्सव सफल पार्न सहकार्यको प्रतिवद्धता
सैनामैनाका संस्थापक मेयर चित्रबहादुर कार्कीले कृषि तथा पशु क्षेत्रमा भएको प्रगती र सफलतालाई समृद्धिको माध्यम बनाउन सकिने बताए । उनले मेला, महोत्सवका माध्यमबाट कृषि उत्पादकत्व बढाउन, विविधकरण गर्न र त्यसैका माध्यमबाट आयआर्जनका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिनेमा जोड दिए ।
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले मेला महोत्सब तथा प्रदशर्नीहरु अब परम्परागत तरिकाले चल्न नसक्ने भन्दै नयाँ तरिका र सोंचको विकास गर्न जरुरी रहेको बताए । मेला घाटा नाफासंग मात्र नजोडेर सकेसम्म स्थानीय तथा रैथाने सस्कृति र परिकारको उजागर हुने गरि महोत्सव आयोजना हुनुपर्ने पोखरेलको भनाइ थियो ।
सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवको सफलताका लागि आफुहरु सहकार्य गर्न तयार रहेको बताउँदै नगरपालिकाले भने अभिभावकीय भूमिका निर्बाह गर्न जरुरी रहेकोमा जोड दिए । संघका महासचिव हरि न्यौपानेले सहजीकरण गरेको कार्यशालामा उपाध्यक्ष देवीदत्त सुवेदीले स्वागत गरेका थिए ।
सैनामैना व्यापार संघको आयोजनामा हुने पाँचौं सैनामैना महोत्वसका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । सुरेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र अरु विषयगत उपसमितिहरु गठन भएका छन् । पूर्व–पश्चिम राजमार्गको कालिका चोकनिर ग्लोबल पार्टी प्यालेसको परिसरमा रहेको खुला स्थानमा मेला लगाउने तयारी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार