सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

लुम्बिनीको मुख्यमन्त्री नछोड्न एमाले नेतृत्वलाई सांसदको दबाब

नेकपा एमालेबाट लुम्बिनी प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले प्रदेश मुख्यमन्त्री नछोड्न केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा भएको संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेलाले लुम्बिनी प्रदेशमा संघ र प्रदेश दुवैमा एमाले पहिलो दल भएको भन्दै नयाँ राजनीतिक समीकरणअनुसार मुख्यमन्त्री एमालेकै हुनु पर्नेमा जोड दिएका हुन् । एमाले केन्द्रीय कमिटीका सचिव एवं प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको उपस्थितिमा भएको भेलाले मुख्यमन्त्री नछोड्न दबाब दिएको हो । भेलामा प्रतिनिधिसभामा निर्वाचित २१ मध्ये १४ र प्रदेशसभामा निर्वाचित २९ जना सहभागी थिए ।

छलफलले लुम्बिनी प्रदेश संसदीय दलको नेताको टुंगो प्रदेशसभा सदस्यको शपथग्रहणपछि लगाउने भएको छ । लुम्बिनी प्रदेशसभामा एमालेबाट दलको नेताका लागि ५ जना आकांक्षी छन् । पोलिटब्युरो सदस्य एवं प्रदेश सहइन्चार्ज लीला गिरी, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, चेतनारायण आचार्य, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सदस्य विष्णु पन्थीले संसदीय दलको नेता बन्न लबिङ गर्दै आएका छन् । प्रदेशसभाले पुस १७ गते आइतबार देउखुरीमा शपथग्रहण हुने जनाएको छ । त्यसपछि मात्र दलको नेता चयन प्रक्रिया सुरु हुने प्रदेशसभा सदस्य चेतनारायण आचार्यले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्मासँगै, अनुशासनआयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्यलगायतका नेता पनि उपस्थित थिए । सांसदहरुलाई सम्मान गर्दै सचिव विश्वकर्माले एमालेविरुद्ध चौतर्फी घेराबन्दीबीच पनि लुम्बिनीका धेरै क्षेत्रमा पार्टीका उम्मेदवार विजयी भएर संघ र प्रदेश दुवैमा एमाले पहिलो पार्टी बनेकोमा नेतृत्वलाई धन्यवाद दिएका थिए । उनले केही क्षेत्रमा थोरै मतान्तरले पराजित हुन परेको पनि उल्लेख गरे ।

पार्टीका उम्मेदवारलाई विजयी गराउन खटिएको भन्दै जिल्ला अध्यक्षहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । सम्मान कार्यक्रमपछि पार्टीले अबका दिनमा प्रदेशसभामा खेल्नुपर्ने भूमिका र नयाँ नेतृत्वको विषयमा छलफल भएको कपिलबस्तुबाट निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित