३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

साई ग्लोबल कपः उपाधिका लागि काशी र न्यु होराइजन भिड्ने

 

भैरहवा ।

अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजन कलेजले शान्ति नमूना उच्च माविलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब, काशी र न्यु होराइजनबीच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको अन्तिम सेमिफाइनलमा जितका लागि साई ग्लोबलबाट पाएको ८८ रनको लक्ष्य काशीले १३ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो । काशीको जितमा ५ चौका र १ छक्काको मद्दतमा प्रज्वल थापाले सर्वाधिक नटआउट ५१ रन बनाए । यस्तै, सिद्धार्थ अधिकारीले ११, शंकर रानाले ९ र सेजाद आलमले नटआउट ८ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका सामोत पौडेल र मिर्नाल गुरुङले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि प्रवेश थापाले २९ र मिर्नाल गुरुङले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न काशीका शंकर राना, सेजाद आलम, सन्देश जिसी र सुप्रित घिमिरेले समान २–२ तथा सिद्धार्थ अधिकारीले १ विकेट लिए । काशीका प्रज्वल थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित