भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

लुम्बिनी प्रदेशको पैचोले पायो ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड

काठमाडौं । लुम्बिनी प्रदेशको गुल्मीबाट संचालित पैचो पसल प्रालीले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले पैचो पसल प्रालीलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो ।
प्रालीका संचालक समिति सदस्य राजन पौडेलले कम्पनीको तर्फबाट सो अवार्ड ग्रहण गरेका छन् । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई कर्पोरेट क्लबले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।
यसवर्ष क्लबले विभिन्न २२ विधामा अवार्ड र सम्मान प्रदान गरेको छ । लुम्बिनी प्रदेशबाट यो अवार्ड पाउने पैचो पहिलो संस्था हो । ‘बसे पनि शहर गाउँकै खाने रहर’ नाराका साथ गुल्मीको बलेटक्टारमा केन्द्रीय कार्यलय रहेको पैचो पसलले पहाडी र उच्च पहाडी भूभागका किसानले उत्पादन गरेका खाद्य वस्तु र तरकारी खरिद गरि बिक्रि गर्ने गरेको छ । किसानका उत्पादनलाई पैचोले अत्याधुनिक कारखानामा प्रशोधन गरेर पैचो ब्राण्डमा विभिन्न खाद्य पदार्थ बजारमा बिक्रि गर्दै आएको छ । पैचोका उत्पादन केही समय अघिदेखि संयुक्त राज्य अमेरिकामा समेत निर्यात हुन थालेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित