भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

डीएसपी ठगबहादुर केसी निलम्बित

३५ तोला सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हाे।

प्रहरी प्रधान कार्यालयले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियाे। सुन नियन्त्रणमा लिएर व्यापारीसँग पैसा मागेको आरोपमा प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी) को टोलीले केसीलाई निवासबाटै नियन्त्रणमा लिएको थियो।

उनको घरबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो। केसीले सुन नियन्त्रणमा लिएर व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ। व्यापारीले पैसा बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको थियो।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित