बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

लुम्बिनीको मुख्यमन्त्री माओवादीको भागमा !

सत्ता साझेदार मुख्य दुई दल एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारस बाँडफाँडमा मोटामोटी सहमति जुटेको छ । दुई मुख्य दलबीच सातै प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा गर्ने विषयमा बुधबार करिब सहमति बनेको हो ।

सहमति अनुसार एमालेले चारवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने छ भने माओवादी केन्द्रले दुईवटा प्रदेशमा मुख्यमन्त्री लिने समझदारी भएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा यस्तो समझदारी भएको बताइएको छ । यद्यपि लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको पनि दावी छ । एमालेले लुम्बिनीको मुख्यमन्त्री लिए माओवादीले वागमतीको लिने छ ।

मधेश प्रदेशमा भने सरकारको नेतृत्व अन्य दलले आलोपालो गर्ने गरी ओली र दाहालले समझदारी गरेको बताइएको छ । जसअनुसार साढे दुईवर्ष जसपा र अर्को साढे दुई वर्ष जनमत पार्टीले सरकारको नेतृत्व गर्ने छन् ।

एमाले स्रोतले दिएको जानकारी अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिनेछ ।

यद्यपि यो सहमति भने सार्वजनिक गरिएकको छैन । मौखिकरुपमा दुई नेताबीच यस्तो समझदारी बनेको माओवादी केन्द्रका एक नेताले दावी गरे । प्रदेशका मुख्यमन्त्रीहरू पनि केन्द्रको जस्तै आलोपालो गर्ने विषयमा समझदारी भए पनि त्यसमा भने ठोस निर्णय भएको छैन । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कँडेल मुख्यमन्त्रीका लागि तयार छन् ।

माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार