नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

घुस बार्गेनिङ गरेका डिएसपी ठगबहादुर हिरासत बाहिरै

बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेरको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नियन्त्रणमा राखिएको छ।

उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्नेमा नियन्त्रणमा राखेर अनुसन्धान प्रहरीले गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले डिएसपी केसीलाई प्रहरीकै घेराबन्दीमा राखेर अनुसन्धान गरिरहेको बताए।

कुनै यस्ता खालका मुद्दामा सामान्य व्यक्तिलाई हिरासतमै राखेर अनुसन्धान गरिनेमा डिएसपी केसीलाई भने हिरासतमा राखिएको छैन। किन त ?

प्रहरी प्रमुख केसी भन्छन्, ‘हिरासतमा किन राख्ने, हाम्रा प्रहरीले घेराबन्दी गरेर राखेका छन्। अनुसन्धान भइरहेको छ।’

प्रहरी प्रमुख रेग्मीले गृह मन्त्रालयबाट निलम्बनको पत्र आउन ढिला गरेको बताउँदै पत्र आउनासाथ थप अनुसन्धान तीव्र बताउने बताए।

‘सोमबार नयाँ डिएसपी दानबहादुर थापा निवासमा आउँदा कतिपयलाई ठग बहादुरलाई नै निवासमा एसपीले राख्यो भन्ने बुझाइ भएछ,’ उनले भने, ‘त्यसो होइन, नयाँ डिएसपी आएपछि भेट गर्न आउनुभएको हो। अनुसन्धानमा रहेको व्यक्तिलाई मैले निवासमा ल्याएर राख्ने भन्ने कुरै छैन।’

डिएसपी ठग बहादुर केसीको घटनाले सिंगो प्रहरी संगठन र रुपन्देही जिल्ला समेत बदनाम भएको भन्दै यसबारे प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको उनले बताए।

केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार साँझ बुटवलस्थित निवासबाट नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको थियो।

एसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सिआईबीको टोली खटिएको थियो।

उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको छ।

‘नगद पाएपछि सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उनले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा परे’,–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

उनी केही दिनअघि यहाँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए। उनी सोमबार रमाना लिएर जाँदै थिए। रमाना लिनुअघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो। ‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो।

विवादस्पद थियो छवि
त्यसो त ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसी प्रक्राउ पर्नुअघि जिल्लामा विवादस्पद छवि बनाइसकेका थिए।

१३ महिनाअघि इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका केसी सुरुदेखि विवादमा पर्दै आएका थिए। बालकृष्ण खाँणको आडमा उनले मनपरी गरेको आरोप लाग्दै आएको थियो।

साउन १ गते तिलोतमा नगरपालिकाको नगरसभामा वडाध्यक्ष हरिहर क्षेत्रलाई दुव्र्यवहार गर्दै धकेलेर पौडी पोखरीमा दुबाएको विषय पनि ताजै छ।

वडा अध्यक्षलाई पौडी पोखरीमा धकलेका केसी त्यो बेला शक्तिकै आडमा सरुवासमेत भएनन् भने उनलाई सामान्य प्रष्टीकरण समेत सोधिएन।

केही महिनाअघि तिलोत्तमा जानकीनगरमा अवैध कल सेन्टरमा छापा मार्दा उनले ठूलो धनराशीको बार्गेनिङ गरेको खुलेको थियो। यो प्रकरणमा विवादमा तानिए पनि त्यो बेला पनि उनीमाथि कुनै कारबाही भएन।

त्यस्तै, डिएसपी केसीले बुटवलका डान्स बारबाट प्रहरी जवान खटाएर रकम अशुल्ने गरेको आरोप पनि लाग्दै आएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार