रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

साई कृपा कृषि सहकारीको सावजनिक सुनुवाई

बुटवल । साई कृपा कृषि सहकारी संस्था लिमिटेड बुटवल रुपन्देहीको सावजनिक सुनुवाई मंगलबार सम्पन्न भएको छ । नेपाल लाइवस्ट्क सेक्टर इनोभेसन परियोजना बुटवलको अनुदान सहयोगमा बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ हरिहरपुरमा दुग्ध संकल्प प्रशोधन तथा बिक्री बितरण उप आयोजनाको कार्य सम्पन्न पश्चात् दोस्रो सावजनिक सुनुवाइ गरिएको हो । संस्थाका कायबहाक अध्यक्ष पावती पाण्डेको अध्यक्षता तथा बुटवल–१७ का वडा अध्यक्ष ज्ञानबहादुर रेस्मीको प्रमुख आतिथ्यतामा कायक्रम भएको थियो ।
कार्यबहाक अध्यक्ष पान्डेले संस्थालाई हुकाउदै जान सबैले मेहेनत गर्नुपर्ने बताए । मोतिपुर सहकारी दुग्ध परियोजना निमाण गरेको छ । सहकारी हरिहरपुरका सबै किसानसंग जोडिएको छ ।
वडा अध्यक्ष रेस्मीले सहकारीले पशुपालनको माध्यामबाट बेरोजगारी समस्या समाधानमा केही हदसम्म भए पनि टेवा पु¥याउने बताए । उप आयोजना संचालन भएमा पहिलो वर्ष २ हजार लिटर, दोस्रो वर्ष ३ हजार ५०० लिटर र तेस्रो वर्षमा ५ हजार लिटर दुध दैनिक रुपमा दुध प्रशोधन र वजारीकरण हुने बताइएको छ । उप आयोजनाको कूल लागत १ करोड ६२ लाख ६७ हजार ३३२ रहेको छ ।
सहकारी सल्लाहकार ज्ञामलाल भुसालले सबै किसान लाई समेटन ३ वटै वडामा जानुपने बताए । सहकारी मुख्य कायालय मोतिपुरमा आउन आग्रह गरे । सो अवसरमा वडा सदस्य रेखा बिक, सहकारीको प्रबन्धक, लिलाधर गौतम, समाजसेवी जंगबहादुर घर्ती, नर बहादुर राना, कृष्ण प्रसाद खरेल लगायतले बोलेका थिए । संस्थाले उद्योग एवम् प्रशोधन कार्यलाई दीर्घकालिन रुपमा सञ्चालन हुन स्थायित्व प्रदान गर्न सहकारी कै नाममा २ कट्ठा जमीन खरीद गरी परियोजना निर्माण गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार