अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

साई कृपा कृषि सहकारीको सावजनिक सुनुवाई

बुटवल । साई कृपा कृषि सहकारी संस्था लिमिटेड बुटवल रुपन्देहीको सावजनिक सुनुवाई मंगलबार सम्पन्न भएको छ । नेपाल लाइवस्ट्क सेक्टर इनोभेसन परियोजना बुटवलको अनुदान सहयोगमा बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ हरिहरपुरमा दुग्ध संकल्प प्रशोधन तथा बिक्री बितरण उप आयोजनाको कार्य सम्पन्न पश्चात् दोस्रो सावजनिक सुनुवाइ गरिएको हो । संस्थाका कायबहाक अध्यक्ष पावती पाण्डेको अध्यक्षता तथा बुटवल–१७ का वडा अध्यक्ष ज्ञानबहादुर रेस्मीको प्रमुख आतिथ्यतामा कायक्रम भएको थियो ।
कार्यबहाक अध्यक्ष पान्डेले संस्थालाई हुकाउदै जान सबैले मेहेनत गर्नुपर्ने बताए । मोतिपुर सहकारी दुग्ध परियोजना निमाण गरेको छ । सहकारी हरिहरपुरका सबै किसानसंग जोडिएको छ ।
वडा अध्यक्ष रेस्मीले सहकारीले पशुपालनको माध्यामबाट बेरोजगारी समस्या समाधानमा केही हदसम्म भए पनि टेवा पु¥याउने बताए । उप आयोजना संचालन भएमा पहिलो वर्ष २ हजार लिटर, दोस्रो वर्ष ३ हजार ५०० लिटर र तेस्रो वर्षमा ५ हजार लिटर दुध दैनिक रुपमा दुध प्रशोधन र वजारीकरण हुने बताइएको छ । उप आयोजनाको कूल लागत १ करोड ६२ लाख ६७ हजार ३३२ रहेको छ ।
सहकारी सल्लाहकार ज्ञामलाल भुसालले सबै किसान लाई समेटन ३ वटै वडामा जानुपने बताए । सहकारी मुख्य कायालय मोतिपुरमा आउन आग्रह गरे । सो अवसरमा वडा सदस्य रेखा बिक, सहकारीको प्रबन्धक, लिलाधर गौतम, समाजसेवी जंगबहादुर घर्ती, नर बहादुर राना, कृष्ण प्रसाद खरेल लगायतले बोलेका थिए । संस्थाले उद्योग एवम् प्रशोधन कार्यलाई दीर्घकालिन रुपमा सञ्चालन हुन स्थायित्व प्रदान गर्न सहकारी कै नाममा २ कट्ठा जमीन खरीद गरी परियोजना निर्माण गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित