तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

स्वस्थ्य शिविरमा ११ सय जनालाई सेवा

बुटवल ।
सन्धिखर्क नगरपालिकाका दीर्घरोगीहरुलाई गाउमै विशेषज्ञबाट निशुल्क जाच, औषधी, परामर्श दिईएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाची आवासिय माविमा राखिएको शिविरमा हाडजोर्नी, नसा तथा मनोरोगका बिरामीहरु बढि भेटिएको उपचारमा संलग्न चिकित्सकहरु बताउछन । नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले दीर्घरोगीहरुलाई लक्षित गरि शिविर संचालन गरिएको बताए । दक्ष जनशक्ति र अस्पतालमा विशेषज्ञ सेवाबाट बन्चित भएका बिरामीहरुलाई दुई दिनमा आवश्यक सेवा दिन सफल भएको उनले दाबी गरे । नगरपालिकाको वडा नं १ देखि १२ सम्मका स्थानियलाई दुई दिनसम्म ब्यवस्थापन गरि सेवा दिईएको उनले बताए ।
अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामिण क्षेत्रको आवश्यकतालाई पहिचान गरि निशुल्क स्वस्थ्य शिविर तथा सचेतनाका कार्यक्रमहरु गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले बताए । शिविरमा १ हजार एक सय जना बिरामीहरुले सेवा लिएको उनले बताए । न्युरोसर्जन डा केआई सिह, मुटुरोग विशेषज्ञ डा विजय यादव, जनरल फिजिसियन डा सरोज थापा, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा सुनिल कुमार चौधरी, स्त्री तथा प्रसुति विशेषज्ञ डा ज्योती श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा मन्जिल मल्ल, युरो सर्जन डा प्रेमराज सिग्देल, मानसिक तथा नशा रोग विशेषज्ञ डा विनिता रेग्मी, नाककानघाटी रोग विशेषज्ञ डा महेश पोख्रेल, छाला योन तथा कुष्ठरोग विशेषज्ञ डा मनोज सापकोटा, रेडियोलोजिष्ट डा सुरेन्द्र रायमाझी, बाल तथा शिशु रोग विशेषज्ञ डा मौसम श्रेष्ठसहित मेडिकल अफिसर, स्टाफ नर्स तथा ल्याब स्टाफहरुबाट सेवा दिईएको उनले बताए ।
यसैगरि शिविरमा ३ सय ६० जनाको मधुमेह, १ सय २० लिक्युट प्रोफाईनल, १ सय जनाको युरिन आरएफ, १ सय ७५ पिएफटि, २ सय २० भिडियो एक्सरे, १ सय ५ जनाको ईसिजि गरिएको उनले बताए । दुई दिनको शिविरमा प्राविधिक जाचमा ७ लाख र औषधी ७ लाख रुपैया बराबरको सेवा दिएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित