सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण                
समाचार :

स्वस्थ्य शिविरमा ११ सय जनालाई सेवा

बुटवल ।
सन्धिखर्क नगरपालिकाका दीर्घरोगीहरुलाई गाउमै विशेषज्ञबाट निशुल्क जाच, औषधी, परामर्श दिईएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाची आवासिय माविमा राखिएको शिविरमा हाडजोर्नी, नसा तथा मनोरोगका बिरामीहरु बढि भेटिएको उपचारमा संलग्न चिकित्सकहरु बताउछन । नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले दीर्घरोगीहरुलाई लक्षित गरि शिविर संचालन गरिएको बताए । दक्ष जनशक्ति र अस्पतालमा विशेषज्ञ सेवाबाट बन्चित भएका बिरामीहरुलाई दुई दिनमा आवश्यक सेवा दिन सफल भएको उनले दाबी गरे । नगरपालिकाको वडा नं १ देखि १२ सम्मका स्थानियलाई दुई दिनसम्म ब्यवस्थापन गरि सेवा दिईएको उनले बताए ।
अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामिण क्षेत्रको आवश्यकतालाई पहिचान गरि निशुल्क स्वस्थ्य शिविर तथा सचेतनाका कार्यक्रमहरु गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले बताए । शिविरमा १ हजार एक सय जना बिरामीहरुले सेवा लिएको उनले बताए । न्युरोसर्जन डा केआई सिह, मुटुरोग विशेषज्ञ डा विजय यादव, जनरल फिजिसियन डा सरोज थापा, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा सुनिल कुमार चौधरी, स्त्री तथा प्रसुति विशेषज्ञ डा ज्योती श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा मन्जिल मल्ल, युरो सर्जन डा प्रेमराज सिग्देल, मानसिक तथा नशा रोग विशेषज्ञ डा विनिता रेग्मी, नाककानघाटी रोग विशेषज्ञ डा महेश पोख्रेल, छाला योन तथा कुष्ठरोग विशेषज्ञ डा मनोज सापकोटा, रेडियोलोजिष्ट डा सुरेन्द्र रायमाझी, बाल तथा शिशु रोग विशेषज्ञ डा मौसम श्रेष्ठसहित मेडिकल अफिसर, स्टाफ नर्स तथा ल्याब स्टाफहरुबाट सेवा दिईएको उनले बताए ।
यसैगरि शिविरमा ३ सय ६० जनाको मधुमेह, १ सय २० लिक्युट प्रोफाईनल, १ सय जनाको युरिन आरएफ, १ सय ७५ पिएफटि, २ सय २० भिडियो एक्सरे, १ सय ५ जनाको ईसिजि गरिएको उनले बताए । दुई दिनको शिविरमा प्राविधिक जाचमा ७ लाख र औषधी ७ लाख रुपैया बराबरको सेवा दिएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार