रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

अब्यवस्थित बसोबासीहरुको लागि बुटवलमा लालपुर्जा वितरण गर्न सुरु

बुटवल । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अब्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।
नाप चाँजको काम सकिएको अब्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको भूमि आयोग रुपन्देहीले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाबाट सुरु गरेको हो ।
बुटवल उपमहानगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरेको हो । बुटवल वडा नं। १९ का १२ र मायादेवि वडा नं. ८ का ६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरीको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए।
जिल्लामा करिब १ लाख अब्यवस्थित, सुकुम्बासी तथा भूमिहिन रहेको उहाँले बताउँदै अहिले ३ हजार जग्गाधनीको लालपुर्जा तयार भएको बताए।
जिल्लाको बुटवल देवदह, सैनामैना , कञ्चन , मायादेवि ,शिद्धार्थनगरमा नापँजाँच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताए । लालपुर्जा तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाई भईरहेको बताउँदै उनले सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अब्यवस्थित जग्गाको नापँचाज भएर लालपुर्जा वितरण गर्न सफल भएको बताए ।
जनतालाई जग्गाको मालिक हुने अधिकार संविधानमा नै ब्यवस्था भएका कुरालाई ऐन नियमबाट लागू गर्दै आयोगले काम गरेको उनले बताए। चुनाव अघी नै लालपुर्जा तयार भएको उनले बताउँदै निर्वाचन आचारसंहिताले गर्दा वितरण गर्न नसकेको निरौंलाले बताए । भूमि आयोग र स्थानीय तहको समन्वयनबाट नै जग्गाको नापँचाज हुँदै लालपुर्जा वितरण सम्भब भएको निरौलाले बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अब्यवस्थित जग्गाको ब्लक छुट्टाईएको र नापँचाज भएका जग्गाको विधि, प्रक्रिया कानुन अनुसार लालपुर्जा वितरण गरिएको बताए ।
बुटवलमा अब्यवस्थित समस्या धेरै रहेको बताउँदै राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तिव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनु पर्नेमा जोड दिनुभयो ।
बुटवलमा करिब ३० हजार जना अब्यवस्थिती रुपमा बसोबासमा रहेको उपमहानगपालिकाले जनाएको छ । मायादेवि गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष चोक बहादुर थापाले भूमि आयोगले तिव्र गतिमा काम गर्दा नै अब्यवस्थित भएकालाई ब्यवस्थित गराउन सफल भएको बताए । आयोगका बिज्ञ सदस्य बन्द्र आलमले निर्वाचन आचारसंहिताले गर्दा काम गर्न ४ महिना ढिलाई भएको बताउँदै रुपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तिव्रता दिएको छ ।
रुपन्देहीका ८ वटा पालिकाकामा नापि र श्रेष्तापुर्जाको काम भईरहेको जानकारी दिए । नेपाली काँग्रेस क्षेत्र नं। २ का कार्यबाहक सभापति फर्सुराम ढकालले ब्यवस्थित बसोबासीलाई ब्यवस्थित गर्नको लागि सरकार गम्भिर हुनुपर्नेमा जोड दिए।
नेकपा एमालेका जिल्ला सदस्य ऋषिराम पाण्डेयले आयोग गठन र विघटनको खेलले गर्दा लामो समयदेखि बसोबास गरेका जग्गाधनीले लापुर्जा प्राप्त गर्न नसकेको गुनाशो गरे । नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निमर्ल क्षेत्रीले अब्यवस्थित बसोबासीको समस्या सामाधानको लागि सरकारले गम्भिर भएर काम गर्नु पर्ने बताए ।
यस्तै कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टिका टामबहादुर खत्री, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोबिन्द खनाल, जग्गा धनी माया पाण्डेय, नापि अधिकृत कपिल ज्ञवाली लगायतले बोलेका थिए । अब्यस्थित बसोबासमा रहेका स्थानीयले जग्गाधनी पाउँदा खुशी भएका थिए । केशव निरौलाको अध्यक्षतामा गठन भएको ३३ औं आयोगले रुपन्देहीमा लालपुर्जा वितरण गर्न सुरु गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार