अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

तस्वीरमा हेर्नुहोस् बुटवलमा ‘नेवाः भोय’

बुटवल । बुटवल लायन्सको लायनेशहरुले परम्परागत नेवारी भोज सहतिको सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेवारी, कला, संस्कृति र परिकारको जगेर्ना गर्ने उद्देश्यले नेवा भोजको कार्यक्रम आयोजना गरिएको लायनेश क्लव अफ बुटवलले जनाएको छ ।

बुटवल स्थित विश्व हिन्दु महासंघमा आयोजित नेवारी भोज कार्यक्रममा आमन्त्रितहरुलाई शुरुमा छोयला (पोलेको मासु), छों (जाँड), बारा (मासको रोटी)ले स्वागत गरिएको थियो भने भोजमा बजी (चिउरा), मुस्या ( भटमास), छोयला, झोल मासु, योमरी, आलुको अचार, बोडी दाना, साग, मेथीको चट्नी सहित वासः(लोकल रक्सी)को व्यवस्था गरिएको थियो ।

 

भोज कार्यक्रम अघि आयोजित उदघाटन कार्यक्रममा बोल्दै लायन्स क्लवका डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले नेवार समुदाय परिकार र संस्कृतिले सदियौं देखि धनी समुदायमा पर्ने बताए । आज आयोजित भोजले भाषा, संस्कृति र परिकारको संरक्षणमा टेवा पुग्ने उनले बताए ।

लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष एवं सल्लाहकार अनिल प्रसाद श्रेष्ठले नेवारी परिकार र संस्कृतिको जगेर्ना गर्न कार्यक्रमले उल्लेखनिय योगदान गर्ने बताए । लायनेश मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लवको प्रथम उपाध्यक्ष अर्जुनमान सैजु, द्धितिय उपाध्यक्ष पुरुषेत्तम प्रधानाङ्ग लगायतले नेवारी भाषा र संस्कृतिका विषयमा चर्चा गरे ।

 

कार्यक्रममा नेवाः कलाकारहरुले नेवारी भाषाका गितमा नृत्य प्रस्तुत गरेका थिए ।

 

 

भाषा, कला र संस्कृतिका हिसावले सम्पन्न जातीकारुपमा रहेको नेवाः समुदाय विशेषगरि खानाका परिकारमा निकै समृद्ध मानिन्छ । वर्षका सबै महिनाहरुमा कुनैन कुनै पर्वका नाममा भोज गर्ने नेवाः भोय (नेवारी भोज) मौसम अनुसार छुट्टाछुट्टै परिकार बन्ने भएकाले स्वस्थकर र पाचन योग्य पन रहेको नेवाः अगुवाहरुको दाबी रहँदै आएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार