मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तस्वीरमा हेर्नुहोस् बुटवलमा ‘नेवाः भोय’

बुटवल । बुटवल लायन्सको लायनेशहरुले परम्परागत नेवारी भोज सहतिको सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेवारी, कला, संस्कृति र परिकारको जगेर्ना गर्ने उद्देश्यले नेवा भोजको कार्यक्रम आयोजना गरिएको लायनेश क्लव अफ बुटवलले जनाएको छ ।

बुटवल स्थित विश्व हिन्दु महासंघमा आयोजित नेवारी भोज कार्यक्रममा आमन्त्रितहरुलाई शुरुमा छोयला (पोलेको मासु), छों (जाँड), बारा (मासको रोटी)ले स्वागत गरिएको थियो भने भोजमा बजी (चिउरा), मुस्या ( भटमास), छोयला, झोल मासु, योमरी, आलुको अचार, बोडी दाना, साग, मेथीको चट्नी सहित वासः(लोकल रक्सी)को व्यवस्था गरिएको थियो ।

 

भोज कार्यक्रम अघि आयोजित उदघाटन कार्यक्रममा बोल्दै लायन्स क्लवका डिस्ट्रिक गभर्नर नवराज न्यौपानेले नेवार समुदाय परिकार र संस्कृतिले सदियौं देखि धनी समुदायमा पर्ने बताए । आज आयोजित भोजले भाषा, संस्कृति र परिकारको संरक्षणमा टेवा पुग्ने उनले बताए ।

लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष एवं सल्लाहकार अनिल प्रसाद श्रेष्ठले नेवारी परिकार र संस्कृतिको जगेर्ना गर्न कार्यक्रमले उल्लेखनिय योगदान गर्ने बताए । लायनेश मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लवको प्रथम उपाध्यक्ष अर्जुनमान सैजु, द्धितिय उपाध्यक्ष पुरुषेत्तम प्रधानाङ्ग लगायतले नेवारी भाषा र संस्कृतिका विषयमा चर्चा गरे ।

 

कार्यक्रममा नेवाः कलाकारहरुले नेवारी भाषाका गितमा नृत्य प्रस्तुत गरेका थिए ।

 

 

भाषा, कला र संस्कृतिका हिसावले सम्पन्न जातीकारुपमा रहेको नेवाः समुदाय विशेषगरि खानाका परिकारमा निकै समृद्ध मानिन्छ । वर्षका सबै महिनाहरुमा कुनैन कुनै पर्वका नाममा भोज गर्ने नेवाः भोय (नेवारी भोज) मौसम अनुसार छुट्टाछुट्टै परिकार बन्ने भएकाले स्वस्थकर र पाचन योग्य पन रहेको नेवाः अगुवाहरुको दाबी रहँदै आएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित