३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

साईग्लोबल कपः लीलाराम र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी

भैरहवा  । रुपन्देहीको भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सम्पन्न दुई खेलमा लीलाराम न्यौपाने उच्च माबि र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी भएका छन् । सिद्धार्थ रंगशालामा भएका खेलहरु मौसमले प्रभाबित भएपछि पहिलो खेल ओभर घटाई ५ ओभरमा खेलाइएको थियो ।

पहिलो खेलमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई लीलारामले ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लीलारामले निर्धारित ५ ओभरको खेलमा बिना कुनै क्षति ७९ रन बनाएको थियो । उसका लागि तुलबहादुर थापाले १७ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४९ रन बनाउँदै म्यान अफ द म्याच घोषित भए । यस्तै, बिजय कोहाँरले १३ बलमा ५ चौकाको मद्दतले २९ रन बनाए । लुम्बिनी बाणिज्यले जितका लागि पाएको ८० रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन मात्र बनाउन सक्यो । लीलारामका रमेश कुर्मीले २ विकेट लिए ।

त्यसैगरी अर्को खेलमा लुम्बिनी इन्जिनियरिङ कलेज ६ विकेटले बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको बुटवल मोडल कलेजले निर्धारित २० ओभरको खेलमा १६ ओभर ३ बलमा सबै विकेट गुमाई ९० रन बनाएको थियो । बुटवल मोडलका लागि बिशाल भण्डारीले सर्बाधिक २१ तथा अशोक मौर्यले २० रन बनाए पनि अरुले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

लुम्बिनी इन्जिनियरिङका राजन खत्रीले ४ विकेट लिँदै म्यन अफ द म्याचबाट पुरस्कृत भए । त्यस्तै सुरजप्रसाद पाठकले २ तथा बिजय बस्नेत, प्रनिश गिरी तथा सरोज भुसालले समान एक–एक विकेट लिएका थिए । जितका लागि पाएको ९१ रनको लक्ष्यलाई लुम्बिनी इन्जिनियरिङले १३ ओभर ४ बलमा ४ विकेटको क्षतीमा पुरा गर्दै बिजयी भयो । उसका लागि बिशाल न्यौपानेले सर्बाधिक २७ रन (नटआउट) को योगदान दिए भने रोशन अर्यालले १९, मनिष पाण्डेले १२ र बिजय बस्नेतले १० रनको योगदान गरे । बुटवल मोडलका रामकुमार गुप्ताले २ तथा रुपेश बश्याल र आयान खानले समान एक–एक विकेट पाए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता पुस १६ गतेसम्म चल्ने छ । प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित