रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

मुलुकको अर्थतन्त्रले गम्भिर प्रकारका चुनौतीहरुको सामाना गरेको छ–राष्ट्रपती भण्डारी

बुटवल । राष्ट्रपती विद्यादेवी भण्डारीले बर्तमान अवस्थामा अर्थतन्त्रले गम्भिर प्रकारका चुनौतीको सामाना गरिरहेको बताएकी छिन् । बुटवलमा विहिबार देखि सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी महोत्सवको उद्घाटन गर्दै अहिले आयात माथी नेपालको निर्भरता विस्तार भएको र यससबाट विदेशी मुद्धाको संचितीमा अभुतपुर्ण चाप परेको बताईन ।
साथै उनले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउने देखि पर्यटन प्रबद्र्धनका योजनाहरु अगाडि सार्नुपर्ने बताई । ‘हामीले यी चुनौती पार पाउन स्वालम्बी अथतन्त्रको विकास लाई मुलभुत उद्देश्य बनाउनु पर्छ । मुलकको व्यापार घाटा तत्काल कम गर्न कृषि उत्पादन बढाउने, बदपैदावार, जडिबुटीमा आधारित आयात प्रतिस्धापन गर्ने तथा पर्यटन प्रबद्र्धन र जलविद्युत को स्वदेशी खपतमा जोड दिने नीति अवलम्ब गर्नु अति आवश्यक छ ।’ उनले भनिन् ।
साथै उनले स्थानिय तहले खेती योग्य जमिन बाझो नराख्ने नीति अवलम्ब गर्न समेत आग्रह गरिन । बाँझो जमिन नराख्ने नीति स्थानिय तहले बनाउनुपर्ने र युवा जनशक्ति तथा किसानलाई उत्प्रेरित गर्न उद्योगी व्यवसायी संग मिलेर काम गर्ने गर्नुपर्ने उनको भनाई थियो । यसो भएमा केही बर्षभित्र व्यापार घाटा कम गर्दै लैजाने आधारहरु निर्माण हुने उनले बताईन ।
‘यदि यसो भएको अवस्थामा रोजगारी र उद्यामशिलताका नयाँ अवसर सिर्जना भई पुजी र प्रतिभाको पलायन रोक्न सकिन्छ’ उनले भनिन् ।
त्यस्तै उनले स्वदेशी उत्पादनको प्रयोग, लाभको क्षेत्रमा लगानी तथा रोजागरी सिर्जना गर्ने कार्यमा सहजिकरण गर्नु राज्यको जिम्मेवारी भएकाले यस तर्फ ध्यान दिन सवैलाई आग्रह समेत गरिन । ‘उच्च मनोबल भएका उद्यमी र किसान हरु नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले राज्यको निकायको ध्यान जानु पर्दछ । राज्यको दुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यबाट पाउने अवसरलाई प्राप्ती गर्ने तर्फ सवैको ध्यान आर्कषित गर्न चाहन्छु’ उनले भनिन् ।

त्यस्तै उनले अर्थतन्त्र कमजोर भएको अवस्थामा गरिएको यस्तो मेला महोत्सवले शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ स्थानमा लैजाने र अर्थतन्त्रलाई माथी उठाउने मद्दत गर्ने बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार