रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

जव भैरहवाका स्पा सेन्टरमा प्रहरी पुग्यो..

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ ।

स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा एण्ड सैलुनमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा प्रहरीले शंकास्पद क्रियाकलापमा संलग्न रहेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिएको छ । स्पा सेन्टरमा मापदण्ड विपरितका काम भइरहेको गुनासाका आधारमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

अनुगमनको क्रममा युनिकबाट ३ महिला र ३ पुरुष गरी ६ जना र हनिबाट ४ पुरुष र ५ महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सम्झाइबुझाइ गरेर छोडिएको उनले अर्यालले बताए ।

स्पा व्यवसाय संचालन सम्बन्धी भएको आचारसंहिता नै पालना नगरी स्पा सेन्टरको नाममा दुरुपयोग गरेकोले पहिलो पटक अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयमा ल्याई सचेत गराइ छाडिएको छ । स्पा सेन्टर संचालकलाई समेत मापदण्डमा विपरितका गतिवधी दोहिरीएमा कारवाही गरिने प्रहरी प्रवक्ता अर्यालले भने ।

रुपन्देहीमा पछिल्लो समय स्पा सेन्टरहरु धमाधम संचालनमा छन । कतिपय दर्ता भएपनि अधिकांस दर्ता नभएको पाएपछि नगरपालिकाले पनि करको दायरामा ल्याउन अनुगमन गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार