कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

न्यू होराईजनको आयोजनामा २९ औं संस्करणको प्रदेश स्तरिय हाजिरीजवाफ प्रतियोगिता हुने

बुटवल । बुटवलको न्यू होराईजन माध्यमिक विद्यालयको आयोजना लुम्बिनी प्रदेश स्तरिय हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ ।
विद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी २९ औं संस्करणको प्रदेश स्तरिय हाजिरीजवाफको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीहरुको बौद्धिक ज्ञानलाई प्रष्फोटन गर्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत पहिलो हिट चरणमा पाल्पा, लमही र बुटवलमा गरिने र फाईनलका लागि ३ स्थानका विजेता र उपविजेताहरु बीच प्रतिस्पर्धा गराउने बताए ।
पाल्पा, लमही र बुटवलमा पहिलो हिट राउण्डमा प्रदेशका ११ विद्यालयका १ सय भन्दा बढि विद्यालयहरुको सहभागिता हुने विद्यालयले जनाएको छ । पहिलो चरणमा तीन स्थानमा हुने प्रतिस्पर्धामा प्रथम र द्धितिय गरी फाईनलमा ६ वटा विद्यालयले प्रतिस्पर्धागर्ने विद्यालयले जनाएको छ । यो प्रतियोगितामा न्यू होराईजनका कुनै पनि विद्यालयको सहभागिता भने नरहने बताइएको छ । प्राचार्य उपाध्यायले पहिलो चरणमा प्रथम द्धितिय र तृतिय हुनेहरुका लागि पनि पुरस्कारको व्यवस्था गरेको बताए ।
यहि पुस १५ गते बुटवल देविनगर देवसिद्ध चोकमा रहेको न्यू होराईजनमा हुने फाईलन प्रतियोगिताको प्रथमले नगद ३० हजार सहित शिल्ड र मेडल प्राप्त गर्ने कार्यक्रम संयोजक गणेश भण्डारीले जानाकारी दिए । त्यसैगरी द्धितिय हुनेले २० तथा तृतिय हुनेले नगद १५ हजार प्राप्त गर्ने उहांको भनाई छ । न्यू होराईजन बुटवलका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले नीजि क्षेत्रलाई सरकार हेर्ने दृष्टिकोण अझै परिर्वतन नभएको भन्दै सञ्चारकर्मीले यस बारे घचघचाउनुपर्ने बताए । साथै उनले विद्यालयले आगामी बर्ष पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले शैक्षिक क्षेत्रको उन्नयनमा न्यू होराईजनको भुमिका अतुलनिय रहेको भन्दै सामाजिक उत्तरदायित्व बहन गर्न पनि विद्यालयलाई सुझाव दिए । न्यू होराईजन बुटवलले आयोजना गरेको २८ औं प्रदेश स्तरिय हाजिरीजवाफ प्रतियोगिताको विजेता छपियाको संस्कार बोडिङ स्कुल भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार