बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

तिलोत्तमामा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परी २ युवाले ज्यान गुमाएका छन ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर बुधबार राती दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा शुद्धोधन गाउंपालिका–६ का २४ बर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउंपालिका–२ का २६ बर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जांदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल रातको करिब पौने २ बजे दुर्घटनामा परेको थियो । तीब्र गतीका कारण मोटरसाइकल अनियन्त्रित भई रेदिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित