तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

३० वर्ष कैद फैसला भई फरार रहेका अभियुक्त ६ वर्षपछि पक्राउ

बुटवल । मानव बेचबिखन मुद्दामा अदालतबाट सजाँय भएका एकजनालाई फैसला भएको ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २ जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट कसुर करार गरि कैद तथा जरिवाना तोकिएका रुपन्देही रुद्रपुरका मिनबहादुर बिकलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

अदालतको मिती २०७४ असार १९ गते को फैसलाले मानव वेचविखन कसुरमा ३० बर्ष कैद र २ लाख ५० हजार जरिवाना तथा १ लाख २५ हजार पिडित महिलाहरुलाई क्षतिपुर्ती दिलाउने फैसला भई फैसला लगत्तै परार रहेका रुपन्देही जिल्ला साविक रुद्रपुर ३ हालको कञ्चन गाउँपालिका ५ बस्ने आरने माईला भन्ने वि.कलाई ईलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरण अनुसार २०७० सालको कार्तिक महिनाको अन्तिमतिर घरको आर्थिक अवस्था कमजोर भएका र ज्याला मजदुरी गरी जिवन निर्वाह गरीरहेका २ जना महिलालाई राम्रो काम र राम्रो पैसा कमाइन्छ भनी प्रलोभन देखाई २ जना पिडित महिलाहरु परिवर्तित नाम फुलमाया र लक्ष्मीलाई चन्द्रौटास्थित घरबाट हिडाली सोही दिन राति दाङको भालुवाङ्ग स्थित होटेलमा राखी सालिकराम वि।क ले आरने माईला भन्ने मिन बहादुर वि।क कामीलाई बोलाई यो मेरो भतिजो हो तिमिहरु यसैसँग जानु राम्रो खाना, पैसा र काम लगाईदिन्छन भनि चिनजान गराई सालिकरामले २ जना महिलालाई आरने माईलाको जिम्मा लगाएर आफू उम्किन्छन ।

त्यसपछि आरने माईला भन्ने मिन बहादुर बि।क ले फुलमाया र लक्ष्मीलाई जागिर, खाना र लवाई खवाईको प्रलोभनका कुरा सुनाउँदै त्यहाँबाट बस चढाई नेपालगञ्ज हुँदै रुपेडीया नाकाबाट भारतको पंजाव स्थित जालन्धर शहरको फिरोजपुरमा लगी वग्गी नाम गरेको मानिसलाई देखाई तिमीहरुको मालिक यही हो कामकाज गर्न तयार हुनु भन्दै जवरजस्ती सादा कागजमा ल्याप्चे लगाईदिई काम पक्का भयो भनी आरने माइलाले गोप्य रुपमा वग्गीलाई भेटी पिडित महिलालाई छाडी आफु समेत बेपत्ता भएका थिए ।

फिरोजपुरका बग्गीले अर्धनग्न महिलाहरु नाच्ने होटलमा लगी तिमीहरु पनि भोलिदेखी यसैगरी नाच्नुपर्छ भनी त्यहाँ रहेका अन्य मानिसले पिडित महिलाहरुको शरीर सुमसम्याउन लागेकोमा किन यसो गरेको भन्दा तिमिहरुलाई मैले पैसा दिएर किनेको हो, तिम्रो मानिसले मसँगबाट रुपैया लगेको हो भनेपछि मात्रै उनिहरुले आफुहरु बेचिएको थाहा भएपछि १५र२० दिन बेचिएका महिलाहरुले गर्नुपर्ने काम गरेपछि कोहि नभएको मौका छोपी भागी नेपालको कृष्णनगर बोर्डरमा रहेको पुनस्थापना गृहको संरक्षणमा आएपछि २०७० सालको पौष महिनामा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु मार्फत मानव वेचविखन तथा ओसारपसार मद्दा दर्ता गरी अनुसन्धान भएको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बि.क लाई पक्राउ गरी अनुसन्धान गर्दा आरने माईला भन्ने मिन बहादुर कामीले नै पिडित महिलाहरुलाई आफै भारतको जालन्धरमा लिई गई उतै फरार रहेको खुलेपछि मुख्य कसुरदार मिन बहादुर कामी नै ठहरी कपिलवस्तु जिल्ला अदालतले मानव वेचविखन ओसारपसार ऐन २०६४ अनुसार कैद, जरिवाना र क्षतीपूर्ती भराउने फैसला गरेको थियो ।

पक्राउ परेका विकलाई कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागी कारागार कार्यालय कपिलवस्तुमा चलान गरिएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित