अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा रवि र छविको मुद्दामा आज पेसी, सर्वोच्चको मिसिल उच्च अदालत पुग्यो बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग                
समाचार :

रुपन्देहीमा ‘तमु ल्होसार’ पर्व साताव्यापी कार्यक्रमसहित मनाउने तयारी

बुटवल । गुरुङ समुदायको मुख्य पर्व ‘तमु ल्होसार’ रुपन्देहीमा साताव्यापी कार्यक्रमसहित मनाउने तयारी गरेका छन् ।

हरेक वर्षको पौष १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले तमु ल्होसारलाई नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउने प्रचलन रहेको छ । रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११ देखि १५ गतेसम्म विभिन्न रचनात्मक र सामाजिक काम गरेर ल्होसार मनाउन लागेका हुन ।

पौष ११ गते रुपन्देहीका ६ वटा नगर तथा ३१ वटा इकाईमा सरसफाई, १२ गते रक्तदान, १३ गते बुटवलको देविनगरमा अपाङ्ग आश्रममा दान, १४ गते बुटवलमै वृहत झांकीसहित नृत्य प्रतियोगिता र १५ गते बृहत समारोह गरी ल्होसार मनाउने कार्यक्रम तय भएको गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला तमुले जानकारी दिइन् ।

सप्ताहव्यापी कार्यक्रम बारे जानकारी गराउन मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले पौष १५ देखि गुरुङहरुको नयाँ वर्ष २६०६ शुरु हुने भन्दै यो वर्ष बाघ वर्गको विदाई गरी बिरालो वर्गको स्वागत गरिने जानकारी गराइन् । तमु ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्व भएको र यसले समुदायलाई एकतावद्ध बनाउने उनको भनाई छ ।

गुरुङ अगुवाहरु झमबहादुर गुरुङ, बालनरसिंह गुरुङ, ओमप्रकाश गुरुङले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपनि व्यवहारमा आदिवासी जनजाति र गैर हिन्दु समुदायका चाड पर्वलाई सरकारले समान व्यवहार गर्न चुकेको गुनासो गरे ।

रुपन्देहीमा करिब ५० हजार र देशभर ८ लाख गुरुङ समुदाय रहेको अनुमान छ । ती समयुदायहरुको पर्वलाई राज्यले प्राथमिकतामा नराखेको उनीहरुको गुनासो छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित