मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

बुटवलमा पुस १५ गते देखि सडक खाना महोत्सव हुँदै

होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ ।
यही पुस १५, १६ र १७ गते बुटवलको नयां बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव लाने छ ।
होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले महोत्सवबारे आवश्यक तयारी र प्रकृया शुरु भएको बताए ।
हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाई यसपटक अझै ब्यबस्थित र उत्कृष्ट बनाउने योजना रहेको अध्यक्ष गौतमले बताए ।
संघका अध्यक्ष गौतका अनुसार लुम्बिनी प्रदेशमा प्रख्यात रहेका बिभिन्न जातजाती र समुदायका खानाका परिकारहरु राखिने महोत्सवमा करिव एक सय बढी स्टल राखिने छ ।खानाकापरिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रमसमेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।
महोत्सव सम्पन्न गर्नका लागि २५ लाख लागत लाग्ने महासचिव खनाले जानकारी गराउनुभयो ।महोत्सव सम्पन्न गर्नका लागि १ सय १ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ । निर्माण गरिएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित