तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

९५ जनालाई उछिन्दै ‘कालिका गायन तारा’को उपाधि विवेकले जिते

बुटबलस्थित कालिका मानवज्ञान माबिद्धारा सञ्चालित ‘कालिका गायन तारा’ दोश्रो संस्करणको उपाधि विवेक पंगेनीले जितेका छन।

गत तिन दिनदेखि सञ्चालित उक्त प्रतियोगिताको आज सम्पन्न फाईनल राउन्डमा पंगेनीले ९५ जना प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि हात पारेका हुन।

पंगेनीलाई मन्दिरा गलामी स्मृति अक्षय कोषका संरक्षक गिरी प्रसाद गलामीकी धर्मपत्नी माया गलामीले पुरस्कार स्वरुप नगद रु १५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै प्रतियोगितामा दोश्रो हुने प्रबृत्ति बस्याललाई नगद रु १० हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियो । तेश्रो हुने पवन अधिकारीलाई नगद रु ५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियोे । उक्त प्रतियोगितामा कालिका मानबज्ञान माध्यमिक बिद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने कुल ९५ जना बिद्यार्थी सहभागी भएको प्रतियोगिताका संयोजक शिक्षक विवेकराज पोखरेलले बताए।

प्रतियोगितामा निर्णायकको भूमिका कलाकार दिपक श्रेष्ठ,बिनोद गुरुङ र किशोर बिकले निर्वाह गर्नु भएको थियो। बिभिन्न राउन्डबाट उपाधि बिजेता छनोट गर्ने काम भएको हो। कालिकामा अध्ययनरत बिद्यार्थीहरुको सांस्कृतिक कला विकास गराउने उद्धेश्यले मन्दिरा गलामी स्मृति अक्षयकोषको स्थापना गराईएको थियो ।कोषमा रु ५लाख नगद जम्मा गरिएको छ।

प्रतियोगीता समापन कार्यक्रमको सभापतित्व बिद्यालयका प्रधानाध्यापक दिनेश थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक विवेकराज पोखरेलले गर्नुभएको थियो। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले शुभकामना मन्तव्य राखेका थिए ।

बिद्यालयमा ६२आंै वार्षिकोत्सव मनाउने क्रममा यही पुस १ गतेदेखि बिबिध कार्यक्रम सञ्चालन गरिएका छन। ७ गते मूल समारोह आयोजना गरिने छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित