तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पैदलयात्रीलाई यौनजन्य इसारा गरेर जिस्काएको आरोपमा बुटवलबाट ७ महिला पक्राउ

बुटवल– रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला छन्।
बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थाहरुमा महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इसाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेका थिए। पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित