लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

एम्बाप्पेले गुमाए पेलेको कीर्तिमान बराबरी गर्ने अवसर

फ्रान्सका फरवार्ड केलियान एम्बाप्पेले ब्राजिलका लिजेन्ड पेलेको दुर्लभ कीर्तिमान बराबरी गर्ने अवसर गुमाएका छन्।

फिफा विश्वकप २०२२ को फाइनल खेलमा ह्याट्रिक गर्दै विश्वकप इतिहासमै फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका उनले लगातार दुई सुरुवाती विश्वकपको उपाधि जित्ने कीर्तिमान भने भेट्टाउन सकेनन्।

२३ वर्षीय एमबाप्पेले फाइनल खेलमा जित दिलाउन सकेको अवस्थामा उनी २४ वर्षभन्दा कम समयमा नै आफ्नो मुलुकलाई दुईपटक विश्वकप जिताउने पेलेपछिको दोस्रो खेलाडी बन्ने थिए। उनी २४ वर्ष पूरा हुन २ दिन मात्र बाँकी छ।

पेलेले आफू २४ वर्षपुग्नुभन्दा पहिला नै ब्राजिललाई सन् १९५८ र १९६२ मा दुईपटक विश्वकपको उपाधि जिताएका थिए।

त्यसयता कुनै पनि टोलीले लगातार दुईपटक विश्वकपको उपाधि जित्न सकेको छैन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित