दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

एम्बाप्पेले गुमाए पेलेको कीर्तिमान बराबरी गर्ने अवसर

फ्रान्सका फरवार्ड केलियान एम्बाप्पेले ब्राजिलका लिजेन्ड पेलेको दुर्लभ कीर्तिमान बराबरी गर्ने अवसर गुमाएका छन्।

फिफा विश्वकप २०२२ को फाइनल खेलमा ह्याट्रिक गर्दै विश्वकप इतिहासमै फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका उनले लगातार दुई सुरुवाती विश्वकपको उपाधि जित्ने कीर्तिमान भने भेट्टाउन सकेनन्।

२३ वर्षीय एमबाप्पेले फाइनल खेलमा जित दिलाउन सकेको अवस्थामा उनी २४ वर्षभन्दा कम समयमा नै आफ्नो मुलुकलाई दुईपटक विश्वकप जिताउने पेलेपछिको दोस्रो खेलाडी बन्ने थिए। उनी २४ वर्ष पूरा हुन २ दिन मात्र बाँकी छ।

पेलेले आफू २४ वर्षपुग्नुभन्दा पहिला नै ब्राजिललाई सन् १९५८ र १९६२ मा दुईपटक विश्वकपको उपाधि जिताएका थिए।

त्यसयता कुनै पनि टोलीले लगातार दुईपटक विश्वकपको उपाधि जित्न सकेको छैन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित