रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

अनुसन्धानका महन्थ जग्गनाथ दासलाई रुपन्देही ल्याईदै

महोत्तरी प्रहरीले किर्ते गरेको आरोपमा महिटानीस्थित लक्ष्मी नारायण मठका मान महन्थ जग्गनाथ दास वैष्णवलाई पक्राउ गरेको छ । आइतबार महिटानीस्थित मठबाट महन्थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयका अनुसार रोक्का गरि राखिएको खाता फुकुवा गर्नका लागि किर्ते कागज बनाएको आरोपमा प्रहरीले महन्थलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

पक्राउ परेका महन्थले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरि रुपन्देहीस्थित मेगा बैंकबाट ७० लाख ८२ हजार ५१० रुपैयाँ ३५ पैसा निकालिएको उनीमाथि आरोप रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

बैंकबाट निकालिएको सो रकम उनले जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको अनुसन्धानको क्रममा पाइएको छ । उनलाई थप अनुसन्धानको लागि रुपन्देही पठाईएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार