तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा दास पक्राउ

हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट एक जना महामहन्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्‍ला प्रहरी कार्यालय महोत्तरीले आइतबार बिहान मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनलाई पक्राउ गरी आइतबार नै रूपन्देही पठाइएको छ। दास महोत्तरीमा चर्चित व्यक्ति हुन्।

उनले रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोप छ।

सहायक जिल्ला अधिकारी अर्यालका अनुसार उनले बैंकमा रहेको ७० लाख ८३ हजार रुपैयाँ निकाल्न खोजेका थिए। दासको नाममा रहेको रुपन्देहीको मेगा बैंकको खाता रोक्का गरिएको छ।

रोक्का भएपछि उनले महोत्तरीको शाखाबाट रकम निकाल्न खोजेको आरोप छ।

उक्त रकम निकाल्नको लागि बैंकमा अर्यालको हस्ताक्षर सहितको निवेदन पेश गरेका थिए। त्यसरी निवेदन प्राप्त भएपछि बैंकले पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बोधार्थ राखेर पत्र पठाएको थियो।

‘हामीलाई बोधार्थ राखेर निवेदन प्राप्त भयो भनेर पत्र आयो। जबकि यहाँबाट त्यस्तो कुनै पनि खालको पत्र पठाइएको छैन,’ अर्यालले भने, ‘त्यसपछि हामीले अनुसन्धान अघि बढाउन थालेका हौं।’

हस्ताक्षर कीर्ते गरेको थाहा पाएसँगै उनले बैंकमा रहेको उक्त रकम निकाल्न नपाएको उनले बताए। उनीमाथि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले थप अनुसन्धान गर्नेछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित