बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा दास पक्राउ

हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट एक जना महामहन्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्‍ला प्रहरी कार्यालय महोत्तरीले आइतबार बिहान मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनलाई पक्राउ गरी आइतबार नै रूपन्देही पठाइएको छ। दास महोत्तरीमा चर्चित व्यक्ति हुन्।

उनले रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोप छ।

सहायक जिल्ला अधिकारी अर्यालका अनुसार उनले बैंकमा रहेको ७० लाख ८३ हजार रुपैयाँ निकाल्न खोजेका थिए। दासको नाममा रहेको रुपन्देहीको मेगा बैंकको खाता रोक्का गरिएको छ।

रोक्का भएपछि उनले महोत्तरीको शाखाबाट रकम निकाल्न खोजेको आरोप छ।

उक्त रकम निकाल्नको लागि बैंकमा अर्यालको हस्ताक्षर सहितको निवेदन पेश गरेका थिए। त्यसरी निवेदन प्राप्त भएपछि बैंकले पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बोधार्थ राखेर पत्र पठाएको थियो।

‘हामीलाई बोधार्थ राखेर निवेदन प्राप्त भयो भनेर पत्र आयो। जबकि यहाँबाट त्यस्तो कुनै पनि खालको पत्र पठाइएको छैन,’ अर्यालले भने, ‘त्यसपछि हामीले अनुसन्धान अघि बढाउन थालेका हौं।’

हस्ताक्षर कीर्ते गरेको थाहा पाएसँगै उनले बैंकमा रहेको उक्त रकम निकाल्न नपाएको उनले बताए। उनीमाथि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले थप अनुसन्धान गर्नेछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित