बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

तीन महिना भित्र बुटवलमा केवलकार चल्छः चन्द्र ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केवलकार प्रा(लि)का अध्यक्ष चन्द्र प्रसाद ढकालले अबको ३ महिनामा बुटवलमा केवलकार चल्ने बताएका छन् ।
बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार २ महिनामा भित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन । २ महिनामा भौतिक संरचना निर्माण पश्चात ३ महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाई रहेको छ ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले तिलोत्तममा आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा बोल्दै चन्द्रगीरी हिल्स प्रालिका अध्यक्ष समेत रहेका ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाँप बढ्ने बताएका हुन । उनले बसन्तपुर डाँडामा स्तरियहोटल सहित कामेश्वर महादेव भगवानको मन्दीर समेत निर्माण गरिने बताए ।
अवको १० बर्ष भित्रमा काठमाण्डौको चन्द्रगीरी केवलकार जस्ता ७ वटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाई रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित