रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

नेशनल प्याब्सन लोक नृत्य तथा गायनको उपाधि देवदह र न्यु नमुनालाई

 

बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिताको उपाधि देवदह बोर्डिङ स्कुल र न्यु नमुना बोर्डिङ स्कुल देवदहले जितेका छन् ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा भएको लोक नृत्य तथा गायन प्रतियोगितामा नृत्यतर्फ देवदह बोर्डिङले र गायनतर्फ न्यु नमुना बोर्डिङले उपाधी जितेकी हुन् । नृत्यतर्फ विजयी हुने समुहले नगद १० हजार तथा गायनतर्फ विजयी न्यु नमुनाका विद्यार्थी स्पर्श अधिकारीले ५ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारिन् । नृत्य तथा गायन प्रतियोगितामा ढाई दर्जनबढी प्रतिप्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै उनीहरुले उपाधि उचालेका हुन् ।

प्रतियोगितामा नृत्यतर्फ १६ समुह र गायनतर्फ १३ जना विद्यार्थीले प्रतिस्प्रर्धा गरेका थिए । प्रतियोगितामा नृत्यतर्फ स्कलर्स होम बुटवल द्वितीय, न्यु नमुना तृतिय र लुम्विनी बोर्डिङले प्रोत्साहन पुरस्कार जितेको नेशनल प्याब्सनका सहसचिव विनोद थापाले जानकारी दिनुभयो । उनीहरुले क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारे ।

यस्तै गायनतर्फ ग्यालेक्सि बोर्डिङ बुटवलका विद्यार्थी अमन काफ्ने द्वितीय, स्कलर्स होम बोर्डिङ स्कुल बुटवलका विद्यार्थी रेनुका सुनार तृतिय र एचिभर्स एकेडेमीका विद्यार्थी निनिशा थापाले प्रोत्साहन पुरस्कार हात पारिन् । उनीहरुले क्रमश ३ हजार ५ सय, २ हजार र १ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारेको सहसचिव थापाले जानकारी दिए ।
नेशनल प्याब्सनका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै उर्जा तथा सिचाई मन्त्री बिर बहादुर रानाले शैक्षिक जगतमा ठुलो लगानी निजी क्षेत्रले गरेकाले शैक्षिक लगानी सुरक्षाका लागि सरकार सकारात्मक रहेको बताए । शैक्षिक जनशक्ति उत्पादनमा निजीले पुर्याएको योगदानको चर्चा गर्दै उनले सरकारले शिक्षामा विभेदकारी नीति ल्याउन नहुने बताए । शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा विद्यार्थीको सहभागिताले बौद्धिकसँगै दक्षताअभिवृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने भएकाले समयसमयम गायन, नृत्य लगायतका अतिरिक्त कृयाकलापमा विद्यार्थीको रुची र सहभागिता बढाउन पर्नेमा जोड दिए । नेशनल प्याब्सनका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, प्रदेश सहसचिव जेबी क्षेत्री, उपाध्यक्ष विल गुरुङ, सल्लाहकार राजु गुरुङ्ग, तिलब केसी, कोषाध्यक्ष अमरनाथ पाठक लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा नृत्यकार अनु रजक, संगितकर्मी दिपक श्रेष्ठ, बसन्त श्रेष्ठले निर्णायकको भुमिका निभाउनु भएको कार्यक्रममा लोक गितमा साँस्कृतीक नृत्य तथा नेपाली विभिन्न गितमा विद्यार्थीहरुले आआफ्नो प्रतिभा सहित प्रतिस्प्रर्धा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार