कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

अनुगमन र नियमन नहुँदा सहकारीमा बढ्दो समस्या

बुटवल । सहकारीहरु सिद्धान्त उद्देश्य अनुसार संचालन नहुँदा सहकारीमा वित्तीय संकटहरु उत्पन्न हुने गरेको सरोकारवालो बताएका छन् । उद्देश्य फरक–फरक कार्यसम्पादन भने बचतमै केन्द्रीत गर्ने भएकाले सहकारी संकटाउन्मुख बनेको उनीहरुले बताएका हुन् ।
इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था बुटवल धर्मपथले बुधबार आयोजना गरेको सहकारीको प्रवद्र्धन र विकासमा सुशासनको आवश्यकता विषयमा जिल्लाका सहकारीहरुबीच गरिएको अन्तरक्रियामा सो कुरा बताइएको हो ।
कार्यक्रममा बोल्दै सहभागि सहकारीकर्मीहरुले अव सहकारीहरुलाई उद्देश्य केन्द्रीत बनाउनु पर्ने, अनुगमन र नियमन गर्नु पर्ने तथा उत्पादनशिल क्षेत्रमाबढी जोड दिनु पर्ने तर्क राखेका थिए ।
इन्द्रेणीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीलाई हेर्ने दृष्टिकोणमा सरकारकै असल ब्यवहार नदेखिएको टिप्पणी गरे ।
उनले लुम्विनी प्रदेशमा सहकारी निर्देशनालय स्थापना भएतापनि निर्देशनालयले सहकारी अपेक्षित कार्य नगरेको बताए । उनले निर्देशनालयलाई सक्रिय बनाउन बारम्बार मन्त्रालय धाउदाँ पनि कार्यबिधी निर्माणमा चासो नदेखाएको गुनासो गरे ।
संस्थाका सदस्य नरबहादुर रजालीको संयोजकत्वमा भएको कार्यक्रममा फोर स्टार सहकारीका अध्यक्ष रामलाल तिवारी, लालटीन सहकारीका अध्यक्ष गंगालाल सापकोटा, धनकोष सहकारीका अध्यक्ष तारानाथ कंडेल, प्रगतिशिल महिला सहकारीका अध्यक्ष सीता न्यौपाने लगायतले कोरोनाकालपछि सहकारी ब्यवस्थापनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सहकारीमा देखिएको चुनौती ब्यवस्थापनका लागि अनुगमन र नियमनको पाटोलाई बलियो बनाउन आग्रह गरे । सहकारीका सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा रुपन्देही जिल्लाका झण्डै दुई दर्जन सहकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार