नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

बुटवलको १५ औं राष्ट्रिय प्रदर्शनीको उद्घाटन राष्ट्रपतिले गर्ने

बुटवल । ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आउँदो पुस ७ गतेदेखि बुटवलमा सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।
रूपन्देही उद्योग संघको आयोजनामा बुटवल मण्डपमा निमार्णाधिन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीको उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल आउने निश्चित भएको संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए ।
आधुनिक प्रदर्शनी हलमा आयोजना गर्न लागिएको प्रदर्शनी अघिल्ला बर्षहरुमा भन्दा पृथक बनाउने सोंचका साथ काम भैरहेको छ ।
संघका अनुसार प्रदर्शनीस्थलमा निमार्ण कार्य तिब्र गतिमा भैरहेको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक समेत रहनु भएका पौडेलले प्रदर्शनीको निमार्ण कार्यलाई अन्तिम रुप दिने गरि विभिन्न उपमसमिति गठन गरि काम अगाडी बढाएको र आन्तरिक योजनाहरु बनेको बताए । प्रमुख अतिथिका रुपमा राष्ट्रपति आउने भएपछि आयोजना स्थलको सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनको कामलाई विषेश ध्यान दिदै सुरक्षा निकाय एंव स्थानिय प्रशासनसंगको समन्वयलाई प्राथमिकतामा राखिएको पौडेलले जानकारी दिए ।
आयोजना स्थलमा प्रदर्शनीमा आउने स्वदेशी उत्पादनलाई राख्ने स्टल यस पटक आधुनिक खालको बन्ने र त्यसको काम शुक्रवारबाट सुरु हुने, सचिवालय तथा गेट निर्माण तथा मञ्चको काम अगाडी बढेको प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव हरि बहादुर खत्रीले बताए । खत्रीले स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको बताउदै यस पटक विभिन्न प्रकृतिका १० वटा प्याभिलियनमा करिव ४ सय स्टल रहने जानकारी दिए ।
बुटवल–१० बुटवल मण्डपमा प्रदर्शनी सञ्चालन हुने प्रदर्शनी सुरु हुनु भन्दा अगाडि सम्पन्न गर्नु पर्ने कामका लागि गठन गरिएका उपसमितिहरुको दैनिकजस्तै बैठकहरु बस्ने र कामको समिक्षा गर्ने गरिएको प्रदर्शनी प्रवन्धक यादव प्रसाद भण्डारीले बताए । मूल समितिका सहसंयोजक एवं स्टल दर्ता उपसमितिका संयोजक दिलिप सापकोटाले प्रदर्शनीमा प्रविधिलाई विशेष प्राथामिकता दिदै प्रदर्शनी स्थलमै ठूला उद्योगका उत्पादनको प्रत्यक्ष अवलोकन गर्ने अवसर दिने गरि छुटै स्टल क्षेत्र निमार्ण भएको जानकारी दिए ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका स्टल रहने छन् । प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकलन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।
प्रदर्शनी अवधिमा सूचना केन्द्रको स्थापना र प्रशारण, औद्योगिक गोष्ठी, कार्यशाला र अन्तरक्रियाको आयोजना, राष्ट्रिय कलाकारहरुको प्रस्तुती, जाति जनजातीहरुको झाकि, साँस्कृतिक कार्यक्रमको आयोजना, विभिन्न प्रतियोगिताहरु समेत गरिने छ । प्रदर्शनीको पुर्व सन्ध्यामा पुष ६ गते औद्योगिक जनचेतना ¥याली निकालिने ¥याली व्यवस्थापन उपमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु हुने ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा आएर समापन हुने छ । ¥यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग प्रतिष्ठान, संघसंस्थाहरुको सहभागिता रहने जनाइएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार