संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

देऊखुरीबाट मुख्यमन्त्री केसीले भने निशान छापबाट अब ‘बुटवल’ हट्यो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रलेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर नरहने  घोषणाम गरेका छन्। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख हुने घोषणा गरे ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीमा मन्त्रालय सारेर मुख्यमन्त्री केसीले औपचारिक घोषणा गर्न बुधबार आयोजित सभामा बोल्दै ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गरे । ऐतिहासिक परिवर्तनका लागि ठूलो शाहस गर्न आवश्यक रहेको बताउँदै हुने सफलता प्राप्तिका लागि एक समय, एक सेकेण्ड वा एक पलको जितले महत्व राख्ने उल्लेख गरे ।

संरचना नबन्दै अस्थायी राजधानी बुटवलबाट रातारात मन्त्रालय सारेर देऊखुरी पुर्याइएको आलोचना बीच बुधबार तामझामकासाथ  प्रदेश प्रमुखबाट झण्डोत्तलन गराई राजधानीबाट कार्य प्रारम्भ भएको घोषणा गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार