विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

इन्द्रेणी जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधि अक्सफोर्डकी टेरीसालाई

बुटवल । बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम गरेको छ ।
कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वक्तृत्वकला प्रतियोगिताको उपाधि अक्सफोर्ड मावि सुख्खानगरका विद्यार्थी टेरीसा भण्डारीले जितेकी छन् ।
रुपन्देहीका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका १६ जना प्रतिस्प्रर्धीलाई पछाडि पार्दै उनले इन्द्रेणी रजत महोत्सव जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि सहित ११ हजार नगद तथा प्रमाणपत्र हात पारिन् ।
स्वाधिन अर्थतन्त्रमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा शान्ति नमुना माविका विद्यार्थी सर्वदा विक द्वितीय, पामिर ईन्टरनेशनल जानकीनगरका विद्यार्थी आयुश्मा ज्ञवाली तृतीय भइन् ।
उनीहरुले क्रमश ७ हजार र ५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारे । ईडन इङ्गलिस बोर्डिङका रितिका खनाल र गिर्वाण संस्कृत माविका समिर खनालले नगद तीन÷तीन हजार सहित प्रोत्साहन पुरस्कार हात परे ।

संस्थाका अध्यक्ष धुर्व कुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक भुपाल कुमार श्रेष्ठले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै अतिरिक्त कृयाकलापमा विद्यार्थीको सहभागिताले उनीहरुमा थप बौद्धिक क्षमताको विकास गर्ने बताए ।
सहकरीको सदस्य तथा कार्यक्रम संयोजक कृष्णप्रसाद अर्यालको स्वागत तथा सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा प्राध्यापक डाक्टर बाबुराम ज्ञवाली, डाक्टर थानेश्वर अर्याल र डाक्टर विष्णुप्रसाद घिमिरेले निर्णायकको भुमिका निभाएका थिए ।
सहकारीले रजत महोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरि सकेको छ भने बुधबार सहकारी अन्तरक्रिया र आउने शनिबार विशेष कार्यक्रम सहित रजत जयन्तीको मुल समारोह गर्ने कार्यक्रम तय गरेको उपाध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित