बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

इन्द्रेणी जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधि अक्सफोर्डकी टेरीसालाई

बुटवल । बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम गरेको छ ।
कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वक्तृत्वकला प्रतियोगिताको उपाधि अक्सफोर्ड मावि सुख्खानगरका विद्यार्थी टेरीसा भण्डारीले जितेकी छन् ।
रुपन्देहीका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका १६ जना प्रतिस्प्रर्धीलाई पछाडि पार्दै उनले इन्द्रेणी रजत महोत्सव जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि सहित ११ हजार नगद तथा प्रमाणपत्र हात पारिन् ।
स्वाधिन अर्थतन्त्रमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा शान्ति नमुना माविका विद्यार्थी सर्वदा विक द्वितीय, पामिर ईन्टरनेशनल जानकीनगरका विद्यार्थी आयुश्मा ज्ञवाली तृतीय भइन् ।
उनीहरुले क्रमश ७ हजार र ५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारे । ईडन इङ्गलिस बोर्डिङका रितिका खनाल र गिर्वाण संस्कृत माविका समिर खनालले नगद तीन÷तीन हजार सहित प्रोत्साहन पुरस्कार हात परे ।

संस्थाका अध्यक्ष धुर्व कुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक भुपाल कुमार श्रेष्ठले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै अतिरिक्त कृयाकलापमा विद्यार्थीको सहभागिताले उनीहरुमा थप बौद्धिक क्षमताको विकास गर्ने बताए ।
सहकरीको सदस्य तथा कार्यक्रम संयोजक कृष्णप्रसाद अर्यालको स्वागत तथा सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा प्राध्यापक डाक्टर बाबुराम ज्ञवाली, डाक्टर थानेश्वर अर्याल र डाक्टर विष्णुप्रसाद घिमिरेले निर्णायकको भुमिका निभाएका थिए ।
सहकारीले रजत महोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरि सकेको छ भने बुधबार सहकारी अन्तरक्रिया र आउने शनिबार विशेष कार्यक्रम सहित रजत जयन्तीको मुल समारोह गर्ने कार्यक्रम तय गरेको उपाध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित